काठमाडौँ २५, माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नामिबियाविरुद्ध १३९ रनको लक्ष्यका पाएको नेपालले फितलो ब्याटिङ गरेको छ । नेपालका ब्याट्सम्यानहरु चल्न नसक्दा नेपाली टोलीमा दबाब बढेको छ । ३० ओभरमा ६ विकेट गुमाएको नेपाल कठिन अवस्थमा पुगेको छ । नेपालले खाता खोल्न नपाउँदै एक विकेट गुमाउनु प¥यो । त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर ३२ रन हुँदा कप्तान पारस १९ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो । आरिफ शेख खाता खोल्न नपाउदै आउट भए ।
त्यसपछि ज्ञानेन्द्र मल्ल पनि १५ रनमा आउट भए । प्रदिप ऐरी पनि ६ रन मात्र बनाएर आउट भएपछि नेपालको खेल धरमराएको छ ।
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...
काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...