चुनदेवी कांग्रेससँग वार्ता नमिलेपछि नेपाली कांग्रेसले महाधिवेशनका लागि गर्‍यो राष्ट्रिय सभागृहको हल बुक – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

चुनदेवी कांग्रेससँग वार्ता नमिलेपछि नेपाली कांग्रेसले महाधिवेशनका लागि गर्‍यो राष्ट्रिय सभागृहको हल बुक

काठमाडौं : नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशन काठमाडौंमा आयोजना गर्ने तयारी स्वरूप राष्ट्रिय सभा गृह बुकिङका लागि औपचारिक पत्राचार गरेको छ ।

पटकपटक पार्टी सभापति गगन थापाले वार्ता, सहमति र सहकार्यको नीति अपनाउँदै विशेष महाअधिवेशनबाट पारित विधानका केही धारा समेत निलम्बन गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत बैठकहरुमा व्यक्त गरिरहेको र नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरुसम्मले असहमति गर्दा गर्दै पार्टी मिलाउन लागिरहेका बेला पूर्णबहादुर खड्का, डा. शेखर कोइरालाले पुरानै कुरा दोहर्‍याइरहेपछि वार्ता सफल हुननसक्ने निस्कर्षसहित नेपाली कांग्रेसले केन्द्रीय महाअधिवेशनको मितिसहित राष्ट्रिय सभा गृहको हलदेखि बगैँचासम्म बुक गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित पत्रमार्फत प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहका प्रमुखलाई बुकिङका लागि अनुरोध गरिएको हो ।

नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशन आगामी २०८३ साल असोज १६, १७, १८ र १९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरिसकेको छ । सोही महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि कांग्रेसले असोज १५ गतेदेखि असोज २० गतेसम्म कुल ६ दिनका लागि राष्ट्रिय सभा गृह बुकिङ गरिदिन अनुरोध गरेको छ ।

पत्रमा आगामी असोज १५ देखि २० गतेसम्मका लागि हल, लवी, पार्किङस्थल र बगैँचा उपलब्ध गराउन भनिएको छ ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ भाद्र २३, १५: ०८

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ भाद्र २३, १५: ०८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ भाद्र २३, १५: ०८

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...