
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ।
भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको नयाँ ट्र्याक बिहीबार बिहानदेखि सञ्चालनमा आएको हो।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले बिहानैदेखि दुईतर्फी नै सवारी साधन सञ्चालनमा आएको जानकारी दिइन्।
नयाँ ट्र्याकमा तत्कालका लागि कुनै समस्या नरहेको पनि प्रजिअ पाण्डेयले जानकारी दिइन्।
जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार राति नै सूचना जारी गरी आज बिहानदेखि सडक सवारीसाधन सञ्चालनका लागि खुला गरिने जनाएको थियो ।
नयाँ ट्रयाकमा सडक पुन: भासिने तथा पहिरो खस्नेसमेत जोखिम कायम रहेकोले सावधानीपूर्वक गाडी चलाउन सबैलाई जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...