झलनाथ खनालको शीतल निवास पस्ने चाहनामा ओलीको “नो इन्ट्रि” – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

झलनाथ खनालको शीतल निवास पस्ने चाहनामा ओलीको “नो इन्ट्रि”

काठमाडौंं। नेकपा एमाले भित्र राष्ट्रपति पद हत्याउनका लागि नेताहरुबीच होडबाजी चलिरहेको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्व पार्टी अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति पदमा आकांक्षी देखाएका छन् । राष्टपति भण्डारीले आफ्नो कार्यकाल लम्ब्याउन राजनीतिक लबिङ शुरु गरिसकेकी छन् भने प्रदेशसभा र प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको बामगठबन्धनका शिर्ष नेताहरु केपी ओली र पुष्पकमल दाहालसँग उनले भेटघाट गरिसकेकी छन् ।

प्रचण्डका परिवारसँग लन्च देखि डिनर मिटिङ गरेर उनले घुमाउरो पारामा राष्ट्रपति बनाईदिन आग्रह गरेकी स्रोतले जनाएको छ । वर्तमान कार्यकाल बीचमै सकिने भएपछि थप ५ वर्षको कार्यकाल लम्ब्याउन राष्ट्रपति भण्डारी लागि परेकी एमाले निकट स्रोतले भन्यो । एउटा व्यक्ति २ पटक सम्म राष्ट्रपति बन्न पाउने संवैधानिक व्यवस्था छ ।

त्यसैले राष्ट्रपति भण्डारीले थप ५ वर्ष कार्यकाल बढाउन राजनीतिक लबिङ शुरु गरेकी स्रोतको दाबी छ । राष्ट्रपति पदमा रहँदा खासै विवादमा नमुछिएको र ५ वर्ष कार्यकाल पुरा नभएकोले भण्डारीलाई नै राष्ट्रपतिमा कायम राख्नु पर्ने केही एमालेका नेताहरुको तर्क छ । यस विषयमा पार्टी अध्यक्ष नै भण्डारीकै कार्यकाल बढाउन लागि परेको जानकारहरु बताउँछन् । तर ओलीको निर्णय प्रति एमाले भित्र अन्य नेता सन्तुष्ट छैनन् । बरिष्ठ नेता झलनाथ खनालले पार्टीले जिम्मवारी दिए आफू राष्ट्रपति बन्न तयार रहेको पटक पटक सार्वजानिक रुपमै भनिरहेका छन् । उनले राष्ट्रपतिमा एउटै व्यक्तिलाई दोहो¥याउन नहुने तर्क प्रस्तृत गर्दै आएका छन् । राष्ट्रपतिमा मुख्य रुपमा भण्डारी र खनालको आकांक्षा देखिएपछि एमाले भित्र गुट उपगुटको आधारमा लबिङ शुरु भईसकेको नेताहरुले बताएका छन् ।

भागबण्डाको आधारमा पद हत्याउने प्रवृत्ति नेपाली राजनीतिमा कुनै नौलो कुरा हैन । विभिन्न दबाब र प्रभावमा परेर उम्मेदवार चयन, राजनीतिक नियुक्तिले नेपाली राजनीतिलाई नराम्रारी गाँजेको छ । यसअघिको राष्ट्रपति चयन गर्दा ओलीको ठाडो निर्णयमा भण्डारीलाई बनाएको भन्ने चर्चाले राम्रै स्थान पाएको थियो । फेरी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति भण्डारीले नै आकांक्षा देखाएकी छिन् । यो पटकको राष्ट्रपति चयन गर्दा ओलीको ठाडो निर्णय हुन्छ वा पार्टीको त्यो पर्ख र हेरको अवस्थामा छ । तर एमाले भित्र पनि गुट र उपगुटले राम्रै स्थान पाएको अवस्थामा विगतमा जस्तो वर्तमानमा राष्ट्रपति चयन गर्न ओलीलाई सहज हुने देखिदैन । त्यसमाथि पनि एमाले–माओवादीबीचको पार्टी एकीकरणले पनि पद बाडफाँटमा सहज हुने देखिदैन ।

चुनावमा गठबन्धन गरी बहुमत प्राप्त गरेपछि पार्टी एकीकरणको दिशामा अगाडि बढेको एमालेलाई माओवादी केन्द्रको पनि निर्णय महत्वपूर्ण हुने देखिन्छ । ओलीसँगको भेटमा प्रचण्डले भावि राष्ट्रपतिका लागि माधव नेपाल र झलनाथ खनालको विकल्प अगाडि सारेको स्रोतको भनाई छ ।  तर ओलीले ओलीले भने, ‘हुन्न’ भनेको बताइन्छ । तर, झलनाथ खनालले अहिलेसम्म हार खाएका छैनन् । झलनाथ खनालको शीतल निवास पस्ने चाहनामा ओलीले नो इन्ट्रिको संकेत देखाईसकेका छन् ।  प्रमुख राजनीतिक दलहरूको ध्यान प्रदेश सरकार र केन्द्र सरकारमा गए पनि केही विशिष्ट व्यक्तिहरूले भने राष्ट्रपति र उपराष्ट्रपतिका लागि चासोे देखाएर ‘पावर एक्सरसाइज’ तीव्र बनाएका छन् ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७४ माघ २९, ०८: ३२

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७४ माघ २९, ०८: ३२

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७४ माघ २९, ०८: ३२

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...