हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी

काठमाडौं : मनास्लु क्षेत्रमा पर्ने हिमलुङ हिम पहिरोमा परेकामध्ये चार जनाको शव फेला परेको छ ।

नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघ (एनएनएमजीए)का अनुसार हिमलुङ हिम पहिरो क्षेत्रमा आज उद्धार तथा खोजीका क्रममा चार जनाको शव भेटिएका हुन् ।

उद्धार टोलीका संयोजक तथा आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पाका अनुसार अत्यन्त कठिन भौगोलिक तथा मौसमी परिस्थितिका बीच खोज तथा शव निकाल्ने कार्य जारी छ ।

एनएनएमजीएको खोज तथा उद्धार टोलीले हिमालयन होलिडेजसँगको समन्वयमा उद्धार अभियान सञ्चालन गरिरहेको छ ।

टोलीमा आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीसहित अनुभवी आरोहण गाइड तथा उद्धारकर्मीहरू सहभागी छन् ।

संघले घटनासम्बन्धी थप विवरण पुष्टि भएपछि सार्वजनिक गरिने जनाएको छ ।

हिमलुङ हिमालको आधार शिविरमा आएको हिम पहिरोमा परेका १६ जनामध्ये ११ जनाको शव फेला परेको छ । अझै पाँच जना बेपत्ता छन् ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ आश्विन १५, १७: ०८

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ आश्विन १५, १७: ०८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ आश्विन १५, १७: ०८

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...