कांग्रेस १५औं महाधिवेशन : विभिन्न जिल्लाका एक सय क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

कांग्रेस १५औं महाधिवेशन : विभिन्न जिल्लाका एक सय क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको छ ।

कांग्रेसले विभिन्न जिल्लाका एक सय क्षेत्रमा निर्वाचन सम्पन्न भएको तथा ५२ क्षेत्रमा निर्वाचन र मतगणना भइरहेको जनाएको छ । कांग्रेसका अनुसार १६ गते विभिन्न जिल्लाका ९ वटा क्षेत्रमा निर्वाचन हुनेछ ।

४१ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको र ५ जिल्लाका केही क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ भने केही क्षेत्रमा बाँकी रहेको कांग्रेसले जनाएको छ । अधिवेशन सम्पन्न भएका ४१ जिल्लमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, सोलुखुम्वु, ओखलढुंगा, सर्लाही, बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, चितवन, ललितपुर, गोरखा, तनहुँ, मनाङ, मुस्ताङ, नवलपरासी, कपिलवस्तु, प्युठान, दाङ, बाँके, सल्यान, रुकुम पश्चिम, डोल्पा, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, बाजुरा, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली रहेका छन् ।

यस्तै मोरङ (क्षेत्र नं.१, २,३, ४ र ५), रौतहट (क्षेत्र नं. १,२ र ४), भक्तपुर (क्षेत्र नं. १), काठमाडौं (क्षेत्र नं. १,२,३,४,५,६,७,८ र १०) र बर्दिया (क्षेत्र नं. १)मा पनि अधिवेशन सम्पन्न भइसकेको कांग्रेसले जनाएको छ ।

१५ गते आज निर्वाचन भएका जिल्लामा सुनसरी, खोटाङ, सप्तरी (क्षेत्र नं. १, २ र ३), सिरहा, धनुषा, सर्लाही (क्षेत्र ३ र ४), रौतहट (क्षेत्र नं.३), धादिङ, नुवाकोट, मकवानपुर, भक्तपुर (क्षेत्र नं. २), लमजुङ, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी, वागलुङ, नवलपुर, रुपन्देही, जुम्ला, मुगु, बझाङ, डोटी, अछाम रहेको कांग्रेसले बताएको छ ।

१६ गते निर्वाचन हुने जिल्लामा सप्तरी (क्षेत्र नं. ४), महोत्तरी (१, २,३ र ४), काठमाण्डौ (क्षेत्र नं. ९), सिन्धुपाल्चोक (क्षेत्र नं. १ र २) र मोरङ (क्षेत्र नं. ६) रहेको कांग्रेसले जनाएको छ ।

विवाद भएको क्षेत्र बर्दिया (क्षेत्र नं २) र सुर्खेत (क्षेत्र नं. १ र २) रहेको कांग्रेसले बताएको छ ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ आश्विन १५, १९: २६

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ आश्विन १५, १९: २६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ आश्विन १५, १९: २६

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...