म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न ९ सदस्यीय समिति – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न ९ सदस्यीय समिति

काठमाडौं : म्यादी प्रहरीको कपडा खरिदमा अनियमितताको आशङ्का देखिएपछि सार्वजनिक लेखा समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको संयोजकत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले झाको नेतृत्वमा समिति गठन गर्दै दुई महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । समितिका सदस्यमा ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही छन् ।

बैठकमा सांसदहरूले तत्काल छानबिन समिति गठन गर्नेभन्दा पहिले सम्बन्धित कागजात तथा प्रतिवेदन अध्ययन गर्नुपर्ने धारणा राखेका थिए । सांसद खगेन्द्र सुनारले खरिद प्रक्रियामा प्रश्न उठिसक्दा पनि समितिले प्रभावकारी चासो नदेखाएको भन्दै असन्तुष्टि जनाए ।

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले प्रहरीका आईजीपीहरूले बुझाएका प्रतिवेदन अध्ययन नगरी छानबिनमा जान नहुने बताइन् । एमाले सांसद ऐन महरले पनि उठेका प्रश्नको अध्ययन आवश्यक रहेको भन्दै छानबिनको सट्टा अध्ययन तथा अन्वेषण समिति बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ आश्विन १६, १५: ०३

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ आश्विन १६, १५: ०३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ आश्विन १६, १५: ०३

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...