करदाता प्रोत्साहन कार्यक्रम : पर्साका लालबाबु साहले पाए १० लाख उपहार – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

करदाता प्रोत्साहन कार्यक्रम : पर्साका लालबाबु साहले पाए १० लाख उपहार

काठमाडौँ : करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँ राशिको बम्पर उपहार पाएका छन् । उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा गरेको कारोबार १५ दिने बम्पर उपहारका लागि छनोट भएको हो ।

आन्तरिक राजस्व विभागले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन उपहारका विजेता घोषणा गरेको हो ।

प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरेका थिए ।

घोषणा अनुसार पर्साका कानुले १० लाख रुपैयाँको १५ दिने बम्पर उपहार पाएका हुन् । उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमसँग सम्बन्धित कारोबार नै बम्पर उपहारका लागि छनोट भएको विभागले जनाएको छ ।

विजेता घोषणा भएलगत्तै आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले कानुलाई फोनमार्फत सम्पर्क गरी बधाई दिएका थिए। भूषालले पुरस्कार प्राप्त गर्ने प्रक्रियाका लागि नजिकको कर कार्यालयमा सम्पर्क गर्नसमेत उनलाई आग्रह गरेका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगदमार्फत वस्तु तथा सेवा खरिद गरी बिल लिएका उपभोक्ताका कुल तीन करोड १८ लाख १८ हजार २८६ वटा कारोबार करदाता प्रोत्साहन उपहार कार्यक्रमका लागि योग्य भएका थिए ।

त्यसमध्ये नगद कारोबार गरेर बिल लिएका उपभोक्ताका दुई लाख ४७ हजार ९७९ वटा कारोबार कार्यक्रममा समावेश भएका थिए ।

यस्तै, अनलाइन तथा कार्डमार्फत भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताका तीन करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए ।

यी सबै योग्य कारोबारमध्येबाट कानुले गरेको २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिदसम्बन्धी कारोबार १० लाख रुपैयाँ राशिको १५ दिने बम्पर उपहारका लागि छनोट भएको हो ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १५ दिने बम्पर उपहारसँगै असोज १ देखि १५ गतेसम्मका दैनिक उपहार विजेतासमेत घोषणा गरिएको छ ।

कार्यक्रम अन्तर्गत दैनिक एक लाख रुपैयाँका दरले उपहार पाउने विजेताहरूको कुपन विवरण पनि आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको छ ।

यसरी असोज महिनाको पहिलो १५ दिनमा नगद, अनलाइन तथा कार्डमार्फत कारोबार गरी बिल लिएका उपभोक्तामध्ये दैनिक उपहारका विजेतासँगै १० लाख रुपैयाँको बम्पर उपहार विजेता छनोट गरिएको हो ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ आश्विन १६, १६: ४५

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ आश्विन १६, १६: ४५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
  • २०८३ आश्विन १६, १६: ४५

काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल...