आईपीयू महासभा : नेपालको प्रस्ताव दुई-तिहाइ बहुमतले पारित – Naya Bikalpa
November 9, 2026, Monday      Epaper

आईपीयू महासभा : नेपालको प्रस्ताव दुई-तिहाइ बहुमतले पारित

काठमाडौं : तान्जानियाको अरुसामा जारी अन्तर-संसदीय संघ (आईपीयू) को १५३ औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्युनिकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाईभन्दा बढी मतले पारित भएको छ ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालद्वारा प्रस्तुत उक्त प्रस्तावलाई महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । सभामुख अर्यालले ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शीर्षकमा प्रस्ताव पेश गर्दै हिमालयलाई एशियाको ‘वाटर टावर’ र मानवताको साझा सम्पदाका रूपमा चित्रण गरे । जलवायु परिवर्तनले हिमाल र हिमनदीमा पारेको गम्भीर प्रभावप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै उनले संसदीय जबाफदेहिताको आवश्यकतामा जोड दिए ।

प्रस्तावमाथि भएको मतदानमा ९०१ मत पक्षमा, ७८ मत विपक्षमा र १४० मत तटस्थ खसेको थियो । आईपीयूको नियमअनुसार दुई–तिहाइ मत आवश्यक पर्ने उक्त प्रस्तावले सहजै बहुमत प्राप्त गरेपछि नेपालको मुद्दाले महासभामा प्राथमिकता पाएको हो ।

प्रस्तावले सीमापार पूर्व सूचना प्रणाली, प्रविधिमा पहुँच तथा जलवायु प्रतिवद्धताहरू कार्यान्वयन गर्न कार्यपालिकालाई संसदीय तहबाट जबाफदेही बनाउने विषयलाई समेटेको छ । सभामुख अर्यालले कुनै एक देशलाई दोषारोपण गर्नुभन्दा पनि जलवायु न्याय र प्रभावित नागरिकको सुरक्षाका लागि सामूहिक समाधान खोज्नु अहिलेको आवश्यकता रहेको बताए ।

नेपालको यो प्रस्ताव अब औपचारिक छलफलको कार्यसूचीमा समावेश भएको छ । महासभाले भोलि बिहानबाट हिमालय संरक्षण, विपद् जोखिम न्यूनीकरण र वित्तीय सहयोगका विषयमा विस्तृत विमर्श गर्नेछ ।

सम्बन्धित समाचार

संस्कृतिमाथि हमला भइरहेको छ, नेपालीहरू सजग हुनुपर्छ : केपी ओली
संस्कृतिमाथि हमला भइरहेको छ, नेपालीहरू सजग हुनुपर्छ : केपी ओली
  • २०८३ आश्विन २२, १२: ५४

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग...

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
  • २०८३ आश्विन २२, १२: ५४

रसुवा : भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१...

पटका पट्काउने क्रममा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु
पटका पट्काउने क्रममा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु
  • २०८३ आश्विन २२, १२: ५४

काठमाडौं । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय...