
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् जोखिम सामना गर्न बिमस्टेक क्षेत्रमा संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गरेका छन् ।
भारतको नयाँ दिल्लीमा सोमबार सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा उनले हिमालदेखि समुद्रसम्म परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्नुपर्ने बताएका हुन् ।
बैठकमा गुरुङले नेपालले पछिल्लो दुई महिनामा भोटेकोशी, मनाङ–मुस्ताङ र गोरखाको बूढीगण्डकी क्षेत्रमा भोगेका बाढीका घटनाले विपद् व्यवस्थापनमा क्षेत्रीय सहकार्यको आवश्यकता देखाएको बताए ।
उनले बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा निर्माण गर्नुपर्नेमा जोड दिए । जलवायु परिवर्तनबाट सिर्जित विपद्को प्रभावकारी सामना गर्न सदस्य राष्ट्रहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
बैठकका क्रममा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका छन् । भेटमा दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य बढाउनेबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।
भेटमा गुरुङले नेपाली उद्योगी तथा व्यापारीले भारतीय बजारमा पहुँचका क्रममा भोग्नुपरेका प्राविधिक समस्याबारे पनि ध्यानाकर्षण गराएका थिए । विशेषगरी भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणीकरणसम्बन्धी समस्याबारे उनले कुरा उठाएका थिए ।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग...
रसुवा : भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१...
काठमाडौं । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय...