

नयाँ विकल्प,
काठमाडौं – अहिंसावादी नेता महात्मा गान्धीको १५१ औं जन्म जयन्ति तथा विश्व अहिंसा दिवसको अवसरमा भारत सरकारले नेपालका विभिन्न गैरनाफामुलक सामाजिक संस्था र विद्यालयहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा स्कुल बसहरु निशुल्क प्रदान गरेको छ ।
गान्धी जन्म जयन्तिको अवसर पारेर काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास परिसरमा आयोजित एक विशेष कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ति स्कुल बस र एम्बुलेन्स प्रदान गरेका हुन् ।

ति एम्वुलेन्स र स्कुल बसहरु मुलुकका ३० वटा जिल्लालाई प्रदान गरिएको भारतीय दूतवासले जनाएको छ । भारतीय दूतवासले शुक्रबार प्रदान गरेका एम्बुलेन्सहरु तीन बर्गीकरणका रहेका छन् ।
उच्चस्तरिय सुविधा भएको एम्वुलेन्समा भेन्टिलेटर, इसीजी, अक्सिजन मनिटर, फोरजी मोवाइल सेवा, बीपी अपारर्चर, ह्वील चेयर, क्याथेटर्स आदि सुविधा जटित छन् । त्यस्तै, मध्यम खालका एम्बुलेन्स र सामान्य एम्बुलेन्समा समेत फोरह्वील सुविधा रहेको छ ।

भारतले सन १९९४ देखि नेपालमा हालसम्म ८ सय २३ वटा एम्बुलेन्स र १ सय ६० वटा स्कुल बसहरु निःशुल्क वितरण गरिसेको छ ।
स्कुल बस र एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले मित्रराष्ट्र भएको हैसियतले नेपालको हित र कल्याणका लागि भारतले सहयोग प्रदान गरिरहने बताए ।

गान्धी जयन्तीको अवसर पारेर शुक्रबार नै राजदूत क्वात्राले दूतावास परिषरमा रहेको महात्मा गान्धीको प्रतिमामा पुष्पगुच्छा अर्पण गरेका थिए ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...
काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...