

नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत असोज १७ गते बोलाएको पदाधिकारीको अनौपचारिक बैठकमा उपस्थितिभएर कन्ट्याक्ट ट्रेसिङमा परेका पार्टीका पदाधिकारी तथा शीर्ष नेताको विहीबार पुनः स्वाब संकलन गरिएको छ ।
असोज १७ गतेको पदाधिकारी बैठकमा सहभागीमध्ये नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएपछि अन्य सबै पदाधिकारीको बिहीबार पुनः स्वाब संकलन गरी कोरोना संक्रमण भए नभएको परिक्षण गरिएको हो ।
कोरोना संक्रमण भएपछि नेताद्वय केसी र थापा होम आइसोलेशनमा रहेका छन् । उनीहरुको पनि आज पुनः स्वाव संकलन गरिएको छ । कांग्रेसले असोज १९ गतेको लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने नेता र कर्मचारीको असोज १५ गते स्वाब परिक्षणका लागि लगिएको थियो ।
बिहीबार बिहान ८ देखि ११ बजेसम्म पार्टी नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, चन्द्रकान्त भण्डारी, डा.मिनेन्द्र रिजाल लगायतका नेताहरुले स्वाव संकलन गराएको छ ।

पार्टीले असोज १५ गते पार्टी केन्द्रीय कार्यसमिति सदस्य र पार्टी कार्यालयका कर्मचारी तथा नेताका सुरक्षाकर्मी र सवारी चालक गरी एक सय ५१ जनाको स्वाब परिक्षणको लागि लिइएको थियो ।
सभापति शेरबहादुर देउवाको स्वाव परिक्षण उनको निजी निवासमै गएर लिइएको थियो भने उपसभापति विमलेन्द्र निधी र महामन्त्री शशांक कोइरालाले आफैले कोरोनाको पिसिआर परिक्षण गराएको पार्टी कार्यालयले जनाएको छ ।
शीर्ष नेतादेखि कार्यालय कर्मचारीसम्म कन्ट्याक्ट ट्रेसिङमा परेपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले १८ गते सूचना जारी असोज १९ को केन्द्रीय कार्यसमिति बैठक २५ गतेका लागि बोलाएर पाँच दिनसम्म पार्टीको केन्द्रीय कार्यालय बन्द गरेका थिए ।

आइतबार असोज २५ गतेको लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि कन्ट्याक्ट ट्रेसिङमा परेका नेता तथा सदस्य र कर्मचारीको अनिवार्य पिसिआर परिक्षण गरी नेगेटिभ रिपोर्ट आएका नेता तथा सदस्यलाई मात्रै बैठकमा सहभागी हुन दिने तयारी पार्टीले गरेको छ ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...