आजै पार्टी एकता हुने तयारी छ : प्रचण्ड – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

आजै पार्टी एकता हुने तयारी छ : प्रचण्ड

काठमाडौं १, फाल्गुन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसकै दिन पार्टी एकता टुङ्ग्याउने गरी छलफल भइरहेको बताएका छन् ।
२३ औं जनयुद्ध दिवसका अवसरमा मंगलबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले जयुद्धकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान सम्भव भएको भन्दै यहि ऐतिहासिक दिनमा पार्टी एकीकरणको प्रकृया टुङ्ग्याउन आफूहरु लागि परेको बताए ।
‘दुई पार्टी एकताका लागि हामी गहन छलफलमा छौ । एमाले अध्यक्ष केपी ओलीले पनि हाम्रो कुराकानीका क्रममा जनयुद्धको महत्व स्वीकार गर्नुभएको छ । जनयुद्ध दिवसकै दिन पार्टी एकता टुङग्याउने हाम्रो कोसिस छ । सायद यो कोशिस सफल हुन्छ । यसले प्रतिकृयाबादी र साम्राज्यबादीलाई चुनौती हुन्छ’ अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा भने ।
उनले एमाले र माओवादी एकतासँगै नेत्रविक्रम चन्द विप्लव र मोहन बैद्य किरणलाई पनि एकता प्रक्रियामा सहभागि हुन आव्हान गरे ‘ यो महान एकता र बहसमा सक्रियतापुर्वक सहभागिता जनाउन म समान विचार भएका कम्युनिष्टहरु सवैलाई आवहन गर्छु ।’
सवै कम्युनिष्टहरु एक ठाउँमा नआएसम्म समाजबाद स्थापना हुन नसक्ने भन्दै प्रचण्डले करोडौ जनतालाई एकताबद्ध गराएरमात्रै समाजबादको सपना पुरा गर्न सकिने बताए । जनयुद्धको इतिहास, घुम्ती र मोडको स्मरण गर्दै उनले क्रान्तिका हिमायती भन्ने सवै पक्षले अव शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउनेतर्फ लाग्नुपर्ने बताए । उनले नेत्र विक्रम चन्द ‘विप्लव’ र मोहन बैद्य किरणको नाम लिदै क्रान्ति पुरा गर्न र शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउन जनताबाट नभाग्न आग्रह गरे । ‘ म मेरा गुरु किरणलाई पनि आग्रह गर्छु, विप्लवलाई पनि गम्भिर अपिल गर्छु, जीवनमा द्धन्दात्मक भौतिकबादको चुरो कुरो बुझ्न आग्रह गर्छु तपाइहरु जनतासँग भाग्ने कोसिस नगर्नुस् ।’
अध्यक्ष प्रचण्डले सवै कम्युनिष्ट एकै ठाउ उभिएमात्रै सम्बृद्धि र समजबाद सम्भव हुने पटकपटक दोहोर्याए । उनले एमाले र माओवादी एकीकरण प्रकृया चलिरहेका बेला भाड्ने प्रयास भइरहेको भन्दै कम्युनिष्ट एकता हुन नदिनेहरु जनताका नेता हुनै नसक्ने ठोकुवा गरे ।
‘इतिहासमा यस्ता अवसर सधै आउदैनन् । अवसरलाई संस्थागत गर्ने र गुम्न नदिने प्रयासमा लाग्नुपर्छ, बरु अवसरलाई उपयोग गर्न त्यसको नेतृत्व गर्नेतर्फ लाग्नुनै बुद्धिमानि हुन्छ’ प्रचण्डले सम्बोधनका क्रममा भने । नेतृत्व मागेर नपाइने हभन्दै उनले त्यसका लागि क्षमता, योग्यता, त्याग र बलिदान महत्पुर्ण हुने बताए । अध्यक्ष प्रचण्डले एउटै कम्युनिष्ट केन्द्र बनाउने नयाँ समाजवादी क्रान्तिको तयारीमा लागेको भन्दै अव यसबाटै नेपाली जनताका अधुरा सपना पुरा हुने दावी गरे ।

सम्बन्धित समाचार

प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
  • २०७४ फाल्गुन १, ०८: २६

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...

रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
  • २०७४ फाल्गुन १, ०८: २६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०७४ फाल्गुन १, ०८: २६

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...