राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्टमा साइबर हमला – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्टमा साइबर हमला

राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्टमा साइबर हमला

राष्ट्रपति कार्यालयले सञ्चालनमा ल्याएको ट्विटर अकाउन्ट बन्द भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सूचनाहरू प्रवाह गर्न कार्यालयले शितल निवास @SHITALNIWAS नामबाट ट्विटर अकाउन्ट सञ्चालनमा ल्याएको थियो।

भेरिफाइड भैसकेको अकाउन्ट अन्तत: डिएक्टिभेट भएको छ। राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालले अकाउन्टमाथि दुई देखि तीन पटक साइबर हमला भएको बताए। ‘त्यो अकाउन्ट भेरिफाइ गर्दा राखिएको आइडेन्टिटी र इन्फरमेसन बाहिरिएको आशंका भयो’, ढकालले भने, ‘त्यसैले अकाउन्ट बन्द गरिएको छ।

छिट्टै हामी नयाँ फायरवाल सेक्युरिटी सिस्टमको व्यवस्थापन गरेर अकाउन्ट सञ्चालनमा ल्याउने छौँ।’ढकाल झण्डै एक महिना अघिमात्र राष्ट्रपति कार्यालयमा प्रेस विज्ञका रुपमा नियुक्त भएका थिए। आफूले नै पहिला दर्ता भएर सञ्चालनमा नरहेको अकाउन्टलाई सक्रिय बनाउने काम गरेको उनले उल्लेख गरे।

‘मैले नै अकाउन्ट भेरिफाइड गरेर काम अगाडि बढाएको थिएँ’, ढकालले भने, ‘त्यही अकाउन्ट वा नयाँ अकाउन्ट बनाएर छिट्टै सञ्चालनमा ल्याउछौं।’राष्ट्रपतिको प्रेस सचिवालयले सञ्चालन गर्ने गरी चलाइएको अकाउन्टबाट सेयर भएका केही सामग्री विवादीत भएका थिए।

एउटा अनलाइन पोर्टलको समाचार सेयर गरिएपछि धेरैले अकाउन्ट सञ्चालनको तौर तरिकामाथि समेत प्रश्न उठाएका थिए।राष्ट्रपतिको छुट्टै ट्विटर ह्याण्डल @presidentofnp सञ्चालनमा छ।

त्यसलाई पनि भेरिफाइ गराउने प्रक्रिया अगाडि बढाएको ढकालले बताए।’ट्विटरले नै हेड अफ स्टेटका लागि छुट्टै सुरक्षा प्रदान गर्ने रहेछ। हामी त्यो व्यवस्थापनको काम गरिरहेका छौँ’, ढकालले भने, ‘राष्ट्रपति कार्यालयका सूचना सार्वजनिक गर्न सहजता प्रदान गर्न हामी लागिरहेका छौं।’

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ कार्तिक १२, १६: ०६

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ कार्तिक १२, १६: ०६

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ कार्तिक १२, १६: ०६

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...