
नयाँ विकल्प
काठमाडौं-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान खुमलटार पुगेका छन् । नेकपा अध्यक्षद्धयको सम्वाद टुटेपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु खुमलटार पुगिरहेका छन् ।
कात्तिक ४ मा नेकपाका अध्यक्षद्वय ओली–प्रचण्डबीच कर्णाली विवाद समाधानबारे लामै कुरा भएको थियो । तर आफूसँग भएको सहमति विपरीत ओलीले निर्णय लिएको भन्दै प्रचण्डले भेटवार्ताको निम्तो अस्वीकार गर्दै आएका छन् ।प्रचण्डलाइ भेटन खुमलटार पुगेका नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग सम्वाद गर्न आग्रह गर्दै आएका छन् ।
प्रचण्डले भने आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बालुवाटार नजाने जवाफ दिँदै आएका छन् विशेष गरी मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीमा अविश्वास प्रस्ताव आएपछि प्रचण्ड ओलीसँग सम्वादमा बस्न मानिरहेका छैनन् ज्ञवाली पछिल्लो तीन दिनमा खुमलटार पुग्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट तेस्रो नेता हुन् ।
यसअघि बुधबार संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र बिहीबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए । नेकपाकाे भदौ २६ को स्थायी कमिटी बैठकले चैतमा निर्धारित एकताको महाधिवेशनको तयारी थाल्न कात्तिक १५ मा केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।
पार्टीमा बढदै गएकाे अविस्वासका कारण प्रस्तावित समयमा एकता महाधिवेशन हुनेमा आशंका बढदै गएकाे छ प्रचण्डसँग भएको भेटमा ज्ञवालीले दुई अध्यक्षको सम्वादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । ओली र प्रचण्ड बीचको मतभेदकै कारण कात्तिक १५ मा निर्धारित केन्द्रीय कमिटी बैठक एक महिना पछाडि सारिएको छ ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...