शेरबहादुर देउवाको कार्यकाल सफल की असफल ? – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

शेरबहादुर देउवाको कार्यकाल सफल की असफल ?

शेरबहादुर देउवा नेतृत्वको सरकारको केही आलोचनाहरु भए । तर उनको कार्यकालको सरकारले गरेका केही महत्वपूण कामहरु पनि छन् । चौथोपटक देशको कार्यकारी प्रमुख सम्हालेका देउवाको अन्य तीन कार्यकाल भन्दा सन्तोषजनक नै छ ।

विगतमा दरबारमा लोकतन्त्र बुझाएको र निर्वाचन गराउन असक्षम भएको आरोपले घेरिएको तीतो र संशयपूर्ण इतिहास पछिल्लो कार्यकालले केही मत्थर पारेको छ । विकास र सुशासनको दिशामा भने देउवा अघिल्ला कार्यकालमा जस्तै विवादित र आलोचित रहे ।

स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न गराएर देउवाले आफु नेतृत्वको सरकारले पाएको महत्वपूर्ण जिम्मेवारी पुरा गरे । निर्वाचनको सवालमा उनी सफल भए । संविधान प्रति असन्तुष्ट जनाउँदै चुनावमा भाग नलिने घोषण गरेका मधेशवादी दललाई समेत विश्वासमा लिएर उनले शान्तिपूर्ण रुपमा सबै स्थानहरुमा ४ तहैको निर्वाचन गराए ।

पदबाट राजीनामा दिनुअघि देशवासीको नाममा सम्बोधन क्रममा उनले मधेसी दललाई निर्वाचनमा ल्याउन सक्नुलाई आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि औंल्याउँदै त्यसप्रति गर्व गरे ।
निर्वाचनको पाटो बिर्सिने हो भने देउवाको ८ महिने कार्यकालमा केही विवाद पनि देखिए ।

‘वेटिङ’ प्रधानमन्त्री र प्रधानमन्त्री बनिसकेपछि उनले गरेका धेरै निर्णय विवादास्पद छन् । सर्वोच्च अदालतकी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्नु देउवाको सबभन्दा अलोकप्रिय निर्णय बन्यो । अघिल्ला कार्यकालमा जस्तै यसपटक पनि उनले ६४ सदस्यीय ‘जम्बो’ मन्त्रिपरिषद बनाएर बदनाम भए ।

आईजीपी प्रकरणमा हस्तक्षेप, राजदूतलगायत अन्य राजनीतिक नियुक्ति र सरुवाबढुवामा पनि देउवा विवादित र आलोचित रहे । राजनीतिक नियुक्ति र आर्थिक चलखेलका स्थानमा हुने सरुवामा देउवाभन्दा आरजु बढी हावी भएको समाचारहरु पनि प्रकाशित भए । आर्थिक सहयोगका नाममा करोडौं रकम नेता–कार्यकर्तालाई मनपरी वितरण गरेको उनी माथि आरोप पनि लागेको छ ।

पहिलो पार्टी रहेको कांग्रेस उनले नेतृत्व सम्हालेपछि दोस्रोमा खुम्चिनु परेको भन्दै आलोचित नि भए । चुनौतिपुर्ण अवस्थामा सबै निर्वाचण गराउन देउवा सफल भए । जति आलोचित भए पनि संविधानले निकृष्ट गरेको सबै तहको निर्वाचन गराएर सत्ता बहुमत प्राप्त बामगठबन्धनलाई हस्तान्तरण गराएर लोकतान्त्रिक परिपाटीको जग बलियो बनाएका छन् ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०७४ फाल्गुन ७, ०६: ०६

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०७४ फाल्गुन ७, ०६: ०६

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०७४ फाल्गुन ७, ०६: ०६

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...