

नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता तथा सांसद मिनबहादुर विश्वकर्माको भेण्टिलेटरमा राखेर उपचार गरेको १० दिनपछि स्वास्थ्यमा केही सुधार भएको छ ।
कोरोना भाइरसबाट गत कात्तिक १ गते संक्रमण पुष्टि भएपछि पूर्वमन्त्री समेत रहेका विश्वकर्मालाई कात्तिक ८ गतेदेखि अक्सिजन दिइएको थियो भने १५ गतेदेखि भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
कोरोना संक्रमणले चापेपछि उनलाई कात्तिक ९ गते बीर अस्पतालमा भर्ना गरिएको थियो । बीरमा अक्सिजन दिएर राख्दा समेत स्वास्थ्यमा सुधार नआएपछि कात्तिक ११ गते साँझ उनलाई ग्राण्डि इन्टरनेसनल अस्पतालको आइसीयूमा राखिएको थियो ।
कात्तिक १५ गतेदेखि लगातार भेण्टिलेटरमा राखिएका विश्वकर्मालाई आजदेखि भेण्टिलेटरको उपचार कक्षमा राखिएपनि परिक्षण स्वरुप अक्सिजन मात्र दिएर राखिएको उनका सहयोगी आकास उप्रेतीले जनाए ।
परिक्षण स्वरुप केही समय भेण्टिलेटरबाट निकालिएको र सांसद विश्वकर्माले चिकित्सकसँग केही बेर कुराकानी समेत गरेको उप्रेतीले नयाँ विकल्पलाई वताए । कोरोना संक्रमणका कारण निमोनिया भएको र स्वासप्रस्वासमा समस्या देखिएपछि उनको स्वास्थ्य जटिल बनेको थियो ।
विश्वकर्माको उपचारमा ध्यान दिन भन्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसमक्ष आग्रह गरेका थिए भने कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले विश्वकर्माको थप उपचारको लागि एयर एम्वुलेन्समार्फत भारततर्फ लैजान माग गरेका थिए ।
कोभिड १९ नेगेटिभ आएपनि विश्वकर्माको स्वास्थ्यमा पूर्ण सुधार भएको छैन ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...