संक्रमणकाे वेवास्ता गर्दै देवघाटमा मलामी भीडभाड बढ्याे – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

संक्रमणकाे वेवास्ता गर्दै देवघाटमा मलामी भीडभाड बढ्याे

नयाँ विकल्प

रासस- कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ । एउटै शव लिएर चार सयसम्म मलामी आउने गरेका छन् । देवघाट क्षेत्र विकास समितिले निरन्तर सूचना जारी गरेर बढीमा ३० जना मात्रै मलामी आइदिन आग्रह गरिरहेको भए पनि त्यसको बेवस्था गर्दै आफू र स्थानीयवासीलाई जोखिममा पारेर मलामी आउने गरेका हुन् ।

समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार शनिबार एकै दिन २० वटा शव अन्त्येष्टिका लागि ल्याइएको थियो ।उनले भने “दिउँसो २ बजेतिर शव लैजाँदै गर्दा किनारमा ट्राफिक जाम समेत भएको थियो ।” मलामीको सङ्ख्या अत्यधिक बढेपछि स्वयं सहभागी र स्थानीयवासीसहित अन्य पनि त्रसित भएको उनकाे भनाइ छ ।

पौडेलले भने “हामीले निरन्तर सूचना जारी गरेर कम मलामी ल्याउन आग्रह गरिरहेका छौंँ । तर कसैले पनि टेरेको देखिएन ।” मलामी दुःखमा सहभागी हुन जाने मानवीय संवेदनासँग जोडिएको विषय भएकाले रोकतोक र कारवाही व्यवहारिक नहुने भन्दै उनले स्वयं मलामीमा जानेहरुले बुझिदिनुपर्ने बताए ।

देवघाटमा वृद्धवृद्धा, अशक्त, अपाङ्गजस्ता कोरोनाको अति जोखिममा परेका व्यक्तिको बसोबास रहेको क्षेत्र भएकाले सकभर कम भन्दा कम मलामी आएर सहयोग गरिदिन आग्रह गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए । उनका अनुसार दाहसंस्कार क्षेत्रमा निरन्तर माइकिङ गरिएको छ ।

सामाजिक सञ्जाललगायत माध्यमको प्रयोग गरी सूचनासमेत जारी भइरहेको छ । धेरै मलामी जाने र उनीहरु देवघाटको पुल, वृद्धाश्रम क्षेत्र, मठमन्दिर, पार्कमा घुमफिर गर्ने हुँदा जोखिम बढेको उनको भनाइ छ । घिमिरेले भने, “यो मानवीय संवेदनासँग जोडिएको विषय भएकाले कानूनी कारवाही भन्दा पनि स्वयंले विवेक पुर्याउनुपर्ने विषय हो ।”

निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पटक–पटक सूचना जारी गरेर अनुरोध गर्ने काम भइरहेको बताए । स्थानीय प्रशासनले छिट्टै मलामी जानेकाहरुका लागि मात्रै नयाँ नियम लागू गराउने उनले जानकारी दिए । अन्तिम श्रद्धाञ्जलिका लागि सहभागी हुन धेरैलाई चाहना हुने भए पनि अहिलेको परिस्थितिलाई बुझेर सहभागी भइदिनुपर्ने शर्माको भनाइ छ ।

देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित छिमेकी जिल्लाबाट अन्त्येष्टिका लागि शव ल्याउने गरिन्छ । देवघाटमा अन्त्येष्टि गरिएमा मोक्षप्राप्ति हुने जनविश्वास छ ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ कार्तिक २४, १४: ३८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ कार्तिक २४, १४: ३८

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ कार्तिक २४, १४: ३८

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...