प्रदेश दुईमा जहिल्यै लफडा – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

प्रदेश दुईमा जहिल्यै लफडा

मुलुक सात प्रदेशमा विभाजित भएपछि प्रदेश नम्बर २ अन्य प्रदेशको तुलनामा बढी चर्चामा आउने गरेको छ । ०७२ असोज ३ गते संविधान जारी भएलगतै नाकाबन्दी गरी चर्चामा आएको प्रदेश दुई प्रदेश सरकार गठन पछि पनि विवादित र चर्चामा आईरहेको छ । भाषा विवाद, पोषाक विवादका कारण चर्चामा रहेको प्रदेश २ मा मुख्य न्यायाधिवक्तामा दिपेन्द्र झाको योग्यता संवैधानिक रुपमा योग्य नभएको भन्दै सर्वाेच्चमा रिट दायर भएको थियो ।

यस्तै विविध समाचारको हेडलाईन बनेको यस प्रदेश राजेन्द्र महतोको कारण फेरी चर्चामा छन् । मधेशका मसिहा दाबी गर्ने ६ वटा मधेशवादी दल मिलेर राष्ट्रिय जनता पार्टी गठन भएको छ । यस पार्टीमा रहेका ६ अध्यक्ष मण्डलका सदस्यमध्ये राजेन्द्र महतो अन्य सदस्यको लागि टाउको दुखाई भएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसद छनौट गर्दा उनकै हठका कारण ६ सदस्यबीच बोलचाल बन्द भएको छ ।

राजेन्द्र महतोकै कारण समानुपातकबाट प्रतिनिधिसभामा खसआर्य कोटाबाट नरमाया ढकाललाई सांसद बनाएको भन्दै पार्टी भित्र खैलाबैला मच्चिएको थियो । सामान्य कार्यकर्ता मात्रै नभएर अध्यक्षमण्डलका सदस्यहरु नै नरमायालाई नचिनेको स्वंयम राजपाका कार्यकर्ताहरुले बताएका थिए । नरमायाले सांसद बन्न महतोलाई २ करोड दिएका कुरा समेत बाहिरा आएको थियो । यो काण्डा वितेको केही समय नहुँदै फेरी राजपाकी अर्काे सांसद विवादमा तानिएकी छन् । राजेन्द्र महतो कै सिफारिसमा समानुपातिक सांसद बनेकी अमृता अग्रहरी विवादमा तानिएकी छन् । आदिवासी जनजाति उत्थान प्रतिष्ठानले ‘अग्रहरी’ आदिवासी जनजाति कलष्टरको नभएको जानकारी दिएसँगै उनी विवादमा तानिएकी हुन् ।

राजपा नेपालका एक नेताले प्रतिष्ठानमा आग्रहरीको बारेमा उजुरी दिएपछि प्रतिष्ठानले यस्तो जानकारी दिएको थियो । यसैको आधारमा निर्वाचन आयोगमा उजुरी परेको छ भने कानूनी बाटोको लागि पनि तयारी भइरहेको स्रोतले जनाएको छ । अमृता अग्रहरी राजेन्द्र महतोको सिफारिशमा समानुपातिक उम्मेदवार बनेकी थिइन् । तर निर्वाचन आयोगले तयार पारेको कलष्टरमा नपरेको कारण उनी विवादमा परेकी हुन् ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७४ फाल्गुन १४, ०७: २९

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७४ फाल्गुन १४, ०७: २९

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७४ फाल्गुन १४, ०७: २९

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...