सरकार विस्तारमा विवाद – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

सरकार विस्तारमा विवाद

काठमाडौं । वामगठबन्धनको बहुमतबाट एमाले अध्यक्ष के.पी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ती भएको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्री के.पी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गर्न सेकेका छैनन् । आइतबार बेलुकी यो समाचार तयार पार्दासम्म दुवै पार्टीहरुले मन्त्रीहरुको अन्तिम सूची प्रकाशित गर्न सकेका थिएनन् ।

आज सोमबार सपथ ग्रहण गराउने कार्यक्रम राखिएको भएता पनि अन्यौलता कायमै रह्यो । पार्टी एकिकरण गर्ने भन्दै सरकार निर्माण गरेका वाम घटकको दुवै पार्टीले सहमति अनुसार एमालेको भागमा १० मन्त्रालय र माओवादीले ७ मन्त्रालय पाउने भएतापनि दुवै पार्टीभित्र गृह र अर्थ मन्त्रालयमा क–कसलाई पठाउने भन्ने विवाद चुलिएको छ ।

माओवादीको तर्फबाट रामबहादुर थापालाई गृहसहित नेतृत्वमा पठाउने विवाद भएको र नेता वर्षमान पुन र जनार्दन शर्मालाई व्यवस्थापन गर्न प्रचण्डलाई निकै धौंधांै परेको स्रोतको दाबी छ । त्यसैगरी एमालेमा पनि वर्तमान महासचिव ईश्वर पोख्रेल, नेता विष्णु पौडेल र सुरेन्द्र पाण्डे मध्ये अर्थमन्त्री कसलाई बनाउने भन्ने विषयले एमालेभित्र निकै चर्काचर्की परेको स्रोतको दाबी छ ।

यद्यपि मधेशवादी दल मध्ये उपेन्द्र यादवको संघीय समाजवादी फोरम पार्टी सरकारमा आउन खुट्टो उचालिरहेकोले उपेन्द्र यादवलाई समेत व्यवस्थापन गर्न बामघटकलाई धौधौ पर्ने देखिन्छ । उपेन्द्र यादव सरकारमा आउँदा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रीको दावी गर्दै आएको स्रोत बतायो ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७४ फाल्गुन १४, ०७: ४१

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७४ फाल्गुन १४, ०७: ४१

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७४ फाल्गुन १४, ०७: ४१

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...