काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक संघीय संसदको शपथ संसद सदस्यहरुले खाएका छन् । हिजो दिउँसो ४ बजे प्रतिनिधिसभा सदस्यहरुले र ५ बजे राष्ट्रियसभा सदस्यहरुले शपथ ग्रहण लिएका हुन् ।
संसदका सबैभन्दा ज्येष्ठ सदस्यबाट अन्य सदस्यहरुले शपथ लिने भएता पनि प्रतिनिधिसभाका नागरिकतामा त्रुटी देखिएपछि ज्येष्ठ सदस्य महेन्द्र राय यादवले ऐतिहासिक समारोहमार्फत गरिमामय कार्य गर्नबाट चुके भने यसको फाइदा महन्थ ठाकुरले पाए ।
यादवपछि ज्येष्ठ सदस्इ महन्थ ठाकुर हुन् । उनी ७५ वर्षका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । प्रतिनिधिसभामा २७५ जना सदस्य रहेका छन् ।
त्यसैगरी राष्ट्रियसभाका सदस्यहरुलाई सभाकी ज्येष्ठ सदस्य तारादेवी भट्टले शपथ खुवाएकी हुन् । उनले पनि आजै राष्ट्रपतिबाट शपथ ग्रहण लिएकी थिइन् । राष्ट्रियसभामा ५६ जना सदस्य रहेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन ३ गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । प्रतिनिधिसभाको चुनाव भएको ३ महिनापछि सांसदले सपथ लिएका हुन् भने दुवै सदनको संयुक्त बैठक आज बस्दैछ ।
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा छुटेका योग्य नेताहरूलाई समेट्दै संगठनलाई थप प्रभावकारी बनाउने बताएका छन्।...