कोरोना संक्रमित सशस्त्रका इन्स्पेक्टर नवीन बुढाथोकीको मृत्यु – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

कोरोना संक्रमित सशस्त्रका इन्स्पेक्टर नवीन बुढाथोकीको मृत्यु


नयाँ विकल्प
काठमाडाैं- सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर) को कोरोना संक्रमणबाट मृत्यु भएको छ। विराट मेडिकल कलेजमा उपचाररत प्रहरी निरीक्षक नवीन बुढाथोकीको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

बुढाथोकी कात्तिक २७ गते उक्त मेडिकल कलेजमा भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो। सशस्त्र प्रहरी बल एक नम्बर बाहिनी पकलीका एसएसपी कमल गिरीका अनुसार तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ का हुन्। उनी ३ नम्बर कंकालिनी गण मोरङ टंकिसिनवरीमा कार्यरत थिए। वि.स. २०६८ सालमा बुढाथोकी सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गरेका थिए। उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकलमा भर्ना गरिएको थियो।

भर्नापछि परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो। स्थिति गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बुढाथोकीलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ मंसिर ९, १२: १०

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ मंसिर ९, १२: १०

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ मंसिर ९, १२: १०

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...