किसुनजीको सातौं स्मृति दिवस सम्पन्न – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

किसुनजीको सातौं स्मृति दिवस सम्पन्न

काठमाडौं । सन्त नेता कृष्णप्रसाद भट्टराईको सातौं स्मृति दिवस नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरी हिजो मनाएको छ । वि.सं. १९८१ पुसमा जन्म्एिका भट्टराईले आप्mनो पूरै जीवन नेपाली राजनीतिको लागि समर्पण गरेका थिए । ६ दशक लामो समयसम्म सकृय रुपमा राजनीतिमा बिताएका नेता भट्टराईले आप्mनो जिवनको अन्तिम समय भने सन्त भएर बिताए । देशमा प्रजातन्त्र स्थापनाको लागि अहोरात्र खटेका नेता भट्टराईको समर्पण र योगदानको महत्व अहिले बाटो बिराएको कांग्रेसको लागि झनै महत्वपूर्ण भएको छ ।

निस्वार्थ र इमान्दार नेताको रुपमा परिचित नेता भट्टराई २०४६ सालको जनआन्दोलनपछि पुनस्र्थापना भएको प्रजातन्त्रपछि पहिलो अन्तरिमकालिन प्रधानमन्त्री बनेका थिए । त्यहीबेलाको संक्रमणकालिन अवस्थालाई उनले निकै सक्षमतापूर्वक सम्हालेका थिए । तर समयसँगै पार्टीभित्र निष्ठा हराउँदै गएपछि भने उनी निकै दुःखी हुन पुगेका थिए । पार्टीत्रिबाटै अन्तरघात भएता पनि उनले बरु सकृय भएर पार्टीमा लागेनन् तर पार्टीको अहित कहिल्यै चिताएनन् । राणाकालिन् समय र राजतन्त्रको कठोर शासनविरुद्ध सधैँ आवाज बुलन्द पारेका नेता आप्mनो अन्तिम समयसम्म भने संवैधानिक राजतन्त्रको पक्षमा रहे ।

पार्टीले गणतन्त्र स्वीकार्ने भएपछि उनी पार्टीमा सकृय हुन छाडेका थिए । आप्mनो एजेण्डा भन्दा पार्टीको एजेण्डा फरक भएपछि उनले आप्mना पछिल्ला दिनहरु वाडेगाउँस्थित आश्रममा बिताएका थिए । सधैँ निष्ठाको राजनीति गरेरका किसुनजीले राजनीतिक संस्कार छोडेर गएका छन् । अहिंसात्मक आन्दोलनबाट नै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ संकल्प लिएका भट्टराई २०६७ फागुन २० गते यस धर्तीबाट बिदा भए । उनीप्रति हाम्रो श्रद्धासुमन ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७४ फाल्गुन २१, ०८: ४९

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७४ फाल्गुन २१, ०८: ४९

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७४ फाल्गुन २१, ०८: ४९

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...