ओलीले राजपा र फोरमलाई सत्तामा ल्याउन मरिहत्ते गरेपछि – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

ओलीले राजपा र फोरमलाई सत्तामा ल्याउन मरिहत्ते गरेपछि

दुई तिहाईबाट अधिनायकवादको मार्गमा

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनको प्रस्ताव र समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले पद सम्हालेको २५ औं दिनमा सदनबाट विश्वासको मत पाएका छन् । प्रधानमन्त्री के.पी शर्मा ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका ६ वटा राजनीतिक दलका दुई तिहाई वढी सांसदले मत दिएका छन् ।

फागुन ३ गते प्रधानमन्त्री पदमा नियुक्त भएका ओलीले संवैधानिक व्यवस्था अनुरुप प्रधानमन्त्री भएको ३० दिन भित्र विश्वासको मत संसदबाट लिएका हुन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने मुख्य पार्टी कांग्रेसबाहेकका दलका सांसदको मत ओलीले प्राप्त गरेका थिए ।

नेकपा एमाले र माओवादी केन्द्रबाहेक संघीय समाजवादी फोरम, राजपा, राप्रपा र राष्ट्रिय जनमोर्चाले समेत प्रधानमन्त्री ओलीको पक्षमा मत हालेका हुन् । संसदमा कांग्रेसलाई किनारामा पुर्याएर आफूलाई स्वेच्छारी बनाउन उनले दुई तिहाई मतको डण्डा देखाएर अधिनायकबादको बाटो रोजेका छन् । ओलीको भित्री आशय नैं प्रमुख प्रतिपक्षी दललाई कमजोर बनाएर आफूलाई निरंकुस शासकको रुपमा उभ्याउने अभ्यासमा लागेका छन् ।

प्रतिनिधिसभामा एमालेको १ सय २१ र माओवादी केन्द्रको ५३ गरेर जम्मा १ सय ७४ सांसद छन् भने राजपाको १७, फोरमको १६, राष्ट्रिय जनमोर्चा र राप्रपाको १–१ सांसद छन् । यी सबैको मत जोड्दा तीन चौथाई भन्दा बढी सांसद छन् । अत जम्मा ६३ सांसद रहेको कांग्रेस भने पूर्णरुपमा एक्लो भएको छ । संसदमा एक चौथाई मत पु¥याउन कांग्रेसलाई ६९ चाहिन्छ । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षीको पगरी लगाएर बस्नुबाहेक संसदमा कांग्रेसको भूमिका लगभग शुन्य सरह हुनेछ । किनभने कम्तिमा एक चौथाई समेत आपूmसँग नहुँदा प्रतिपक्षीको हकमा उसले सरकार विरुद्ध न अविश्वासको प्रस्ताव राख्न सक्छ न महाअभियोग लगाउन विशेष प्रस्ताव नै लैजान सक्छ ।

प्रतिपक्षी कमजोर हुँदा सरकारको मनोमानी र स्वच्छाचारिता वढ्न सक्छ । प्रतिपक्षीको भूमिका सधैँ सरकारलाई सचेत गराउने हो । तर कांग्रेसको पक्षमा सचेत गराउन पर्याप्त मत समेत नपुग्दा प्रधानमन्त्रीमा दम्भ बढ्न सक्छ भने सबैतिर आप्mनाहरुको हालीमुहाली हुँदा देशमा निरंकुशता नहोला भन्न सकिन्न । कानून विपरीत काम गरेका संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक नियकाका पदाधिकारीहरुलाई महाअभियोग लगाएर हटाउन सकिने व्यवस्था छ, यदि प्रतिपक्षको पक्षमा एक चौथाई मत छ भने मात्र ।

आफ्ना आन्तरिक कलह र व्यवस्थापनको अभावमा कांग्रेस आज नामको मात्र प्रतिपक्षी बन्न पुगेको छ । राष्ट्रियस्तरका मुद्दाहरुमा बहस गरेर सरकारलाई जनताप्रति उत्तरदायी बनाउने जस्तो गहन जिम्मेवारी पाएको कांग्रेस आज आफ्नै कारणले खुम्चिन पुगेको छ । तीन चरणको निर्वाचन आफ्नै नेतृत्वमा सम्पन्न गरेता पनि आज संसदमा एक चौथाई मत नपुग्नु यो जस्तो लज्जाको विषय कांग्रेसको लागि अरु के हुन सक्ला ? पार्टीभित्रकै गुट र उपगुट, भाइ भारदाहरुमै सीमित रहेको कांग्रेसलाई अब राष्ट्रिय मुद्दाहरु गौण हुन सक्ने अवस्था छैन । न नै त्यस्ता विषयहरुमा अबको पाँच वर्षको लािग कुनै अहम् भूमिका हुनेछ । कांग्रेसको यो दिन कांग्रेस आफ्नै कारणले आएको हो । जम्मा ६३ जना सांसद रहेको संसदीय दलको निर्वाचनमा त सर्वसहमतिले दलको नेता छान्न नसकेको कांग्रेसले प्रतिनिधिसभामा कस्तो भूमिका निर्वाह गर्न सक्ला त्यो अनुमान लगाउन सकिन्छ ।

हार्ने निश्चित भएता पनि आफ्नो अस्तित्व जोगाउन राष्ट्रपतिको निर्वाचनमा सहभागी हुँदैछ कांग्रेस । तर त्यसको औचित्य के ? एमाले र माओवादी बाहेक, प्रतिनिधिसभामा रहेका अन्य साना दल र स्वतन्त्त उम्मेदवारहरुलाई समेत आप्mनो पक्षमा राख्न नसक्नुले कांग्रेसको आगामी दिनहरु मुख्य राजनीतिबाट टाढा नरहला भन्न सकिन्न । किनकि न त उसले सरकारका अनुचित कामकारबाही विरुद्ध कुनै कदम चाल्न सक्छ न त उसको आवाजलाई समर्थन गर्ने पक्ष नै छ ।

दुई तिहाईको लागि किन मरिहत्ते ?
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको घोषणा गर्दा माओवादी केन्द्रका १७ सांसद कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिमण्डलमा थिए । निर्वाचन घोषणा भए लगतै सत्तारुढ दल माओवादीले प्रमुख प्रतिपक्षी दल एमालेसँग पार्टी एकता गर्ने भनेर औपचारिक घोषणा असोज १७ गते नैं गरेको थियो ।

दुवै दल संयुक्त रुपमा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा पनि लडे र सुविधाजनक बहुमत पनि प्राप्त गरे । एक सय ३८ सांसद भए पुग्ने प्रतिनिधि सभामा एमाले र माओवादी गठबन्धनले एक सय ७४ सिटमा प्रत्यक्ष र समानुपातिकमा विजय हासिल गरे । यस्तो अवस्थामा वाम गठबन्धनलाई अन्य दलको समर्थन वा सहयोगको जरुरी थिएन तर, मुलुकको सवैभन्दा पुरानो र लोकतान्त्रिक दल कांग्रेसलाई एक्ल्याउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले क्षेत्रीय दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने जोडबल गरिरहेका छन् ।

लोकतान्त्रिक मार्गबाट आफूलाई शक्तिशाली र स्वेच्छाचारी बनाउने अभ्यासमा केपी ओली एकपछि अर्को गर्दै सफल भइरहेका छन् । यसक्रममा उनले आफ्नो मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री नराख्ने, मन्त्रालयको सख्या ३१ बाट घटाएर १८ बनाउने, राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालयबाट, राजश्व अनुसन्धान विभाग अर्थमन्त्रालयबाट खोसेर प्रधानमन्त्री मातहत ल्याई सकेका छन् ।

कांग्रेसलाई ठेगान लगाउन उनले फोरमलाई उपसभामुखसहित दुई मन्त्री, राजपालाई दुई मन्त्री सहित उपराष्ट्रपति दिन तयार भएका छन् । संविधान संशोधन नगरेसम्म संसदको बैठकमा समेत भाग नलिने अडान लिएका राजपा र फोरमलाई संविधान संशोधन गरिने छ भन्ने शब्द थप गरी सरकारमा ल्याउन रातो कार्पेट बिछ्याउन ओली नै लागि परेका छन् । यसका लागि उनले महान्यायाधिवक्ता अग्नी खरेल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई प्रयोग गरिरहेका छन् ।

पहिले मन्त्रालयको सख्या १८ भन्दा नबढाउने योजनामा रहेका ओलीसँग राजपाले चार मन्त्री र एक उपराष्ट्रपति मागेपछि उनी मन्त्रालयको सख्या पनि १८ बाट बढाएर २१ बनाउन तयार भएका छन् । फोरम र राजपा एक संवैधानिक निकायको सदस्य र चार मन्त्री मागे पनि ओलीले दुवै दललाई दुई मन्त्री उक राज्य मन्त्री र एक संवैधानिक अंगको सदस्य दिन तयार भएका हुन् ।

मधेश र मधेशी जनताको हक, अधिकारको लागि भन्दै मधेश आन्दोलन गरेका दुवै दलले संविधान संशोधनलाई राजनीतिक लाईनको बटम लाईन बनाएका थिए । सोही अधिकारको नाममा मधेश आन्दोलन चर्काएका ति दलकै कारण ५० बढी मधेशी जनताले ज्यान गुमाएका छन भने एक सयबढी घाईत भएका छन् । एक दर्जन नागरिक असक्त भएका छन् ।

तर मधेशी दलका नेताहरुले आकर्षक मन्त्रालय पाउने नाममा संविधानको कुन बुँदा? कुन अन्तरबस्तु परिवर्तन गर्ने ? प्रदेशको नाम र सिमांकन के परिवर्तन गर्ने ? भन्ने बिषयमा कुनैं माग प्रस्तुत गरेका छैनन र ओली सरकारले पनि यही बिषयबस्तुमा संविधान संशोधन गर्ने भनेको छैन् तर पनि राजपाका एक नेता भन्छन –‘राजनीतिक गरेको जोगी हुन र आन्दोलन गर्न मात्र होइन, सत्तामा बस्न र जनताको सेवा गर्न पनि हो ।’ कांग्रेस नेतृत्वको सरकारले गरेका विभिन्न निर्णय र राजनीतिक नियुक्तिलाई वद्धर गर्न संसदबाट विधेयक पास गर्न वा संकल्प प्रस्ताव पारित गर्न नेम्वाङलाई र कानुनी अड्चन देखिए त्यसलाई महान्यायाधिवक्ता कार्यालयमार्फत एकलौटी काम गर्ने रणनीति ओलीले अख्तियार गरेका छन् । त्यसका लागि ओलीले कांग्रेसका नेता शे्रबहादुर देउवा, रामचन्द्र पौडेल र शसांंक कोइरालावाहेकका नेतालाई अनेकैं आरोप र अभियोगमा मुद्धा दायर गर्ने र सजाय दिलाउनेसम्मको रणनीति बनाएका छन् । जुन रणनीतिलाई फाईनल गर्न उनै नेम्वाङ र खरेललले मात्र गृहकार्यको जिम्मेवारी दिइएको छ । फोरम र राजपालाई आकर्षक र कमाई हुने मन्त्रालय दिएर तिनै दललाई मधेशबाट कांग्रेस धपाउने र पेल्ने अभियानमा प्रयोग गर्ने रणनीति ओली सरकारले बनाउँदै गरेको बालुवाटार स्रोत वताउँछ ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७४ फाल्गुन २८, ०८: ३२

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७४ फाल्गुन २८, ०८: ३२

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७४ फाल्गुन २८, ०८: ३२

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...