कञ्चनपुकाे दोधारा चाँदनी नगरपालिका एक साताका लागि बन्द – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

कञ्चनपुकाे दोधारा चाँदनी नगरपालिका एक साताका लागि बन्द


नयाँ विकल्प
कञ्चनपुर-कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

कारोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपत्कालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । विद्युत् प्राधिकरणको फ्युज कार्यालय, नगरपालिकास्थित किराना पसल, हार्डवेयर पसल, खाद्यान्न पसल बिहान १० बजेदेखि १ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी खुल्न पाउने निर्णय गरिएको छ । दूध ढुवानी, औषधि पसल २४ सै घण्टा सञ्चालन हुनेछन ।

अति आवश्यक सेवाबाहेकका सेवाहरु बन्द हुने र भारतबाट आयात हुने माछा, मासुु अण्डालगायतका सामान ओहोर दोहर पूर्णरूपमा बन्द गरिएको छ । जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीसहित स्थानीय बासिन्दामा कोरोनाको सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्रमा आवतजावत, बजार क्षेत्र, शैक्षिक संस्था पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले जानकारी दिए ।


“नगरपालिका र वडा कार्यालयका अत्यावश्यक बाहेकका सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको छ”, उनले भने, “अत्यन्त आवश्यक काम भए मात्रै घरबाहिर निस्कन नगरबासीलाई अनुरोध गरेका छौँ ।” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले कोरोना सङ्क्रमण बढेपछि एक साताका लागि नगरपालिका क्षेत्र लकडाउन गर्नुपरेको बताए ।

कोरोनाको सङ्क्रमण ज्यादै बढ्न थालेसँगै भिडभाड नियन्त्रण नगरी नहुने अवस्था आएपछि यस्तो निर्णय लिनु परेको उनले जानकारी दिए । नगरपालिकाका वडा नं १ र ३ का वडाध्यक्षमा कोरोनाको सङ्क्रमण देखिएको छ । दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीसमेत कोरोनाबाट सङ्क्रमित भएका छन । नगरपालिका क्षेत्रको खुला क्षेत्रमा हुने अवैध आवतजावत गर्नेहरुका कारण कोरोनाको सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ ।

सम्बन्धित समाचार

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ पुष ३, १२: ४५

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ पुष ३, १२: ४५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ पुष ३, १२: ४५

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...