शिक्षक संघमा राजेन्द्रराज पौडेल – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

शिक्षक संघमा राजेन्द्रराज पौडेल

काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघको आठौं राष्ट्रिय महाधिवेशन हिजो राजधानीमा सम्पन्न भयो । उक्त माहाधिवेशनबाट राजेन्द्रराज पौडेल अध्यक्ष पदमा विजयी भएका छन् ।

उनले आफ्ना निकटम प्रतिस्पर्धी केशव निरौलालाई हराउँदै विजयी भएका हुन् । त्यसैगरी महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा यम.पी भुसाल निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा भने पद्धमिनी थापा विजयी भएकी छिन् । हिजो सम्पन्न महाधिवेशनबाट उपाध्यक्ष पदहरुमा तिलक बहादुर कटुवाल, गंगा प्रसाद यादव, प्रेम प्रसाद भट्टराई, भरत प्रसाद लम्साल, अमरबहादुर खड्का, जनक बहादुर सिंह र पदमराज अधिकारी विजयी भएका छन् ।

तीमध्ये कटुवाल र यादव निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी, महासचिवमा सोमनाथ गिरी, महासचिव (अर्थ) मा पुष्पकला भट्टराई, उपमहासचिवमा सुन्दर पन्त, उपमहासचिव (महिला) धनकला भण्डारी, उपमहासचिव (अर्थ) मा वाङ्जुङ लामा, उपमहासचिव (समावेशी) मा नुर मोहम्मद मियाँ र उपमहासचिव (कर्णाली) मा भगवती श्रेष्ठ विजयी भएका छन् । उपमहासचिवमा निर्वाचित सुुन्दर पन्त यस नयाँ विकल्प साप्ताहिकमा लामो समयसम्म आबद्ध रहेका थिए । उनी लगायत सम्पूर्णलाई शुभकामना दिँदै सफल कार्यकालको कामना गर्दछौं ।

सम्बन्धित समाचार

प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
  • २०७४ चैत्र ५, ०८: १०

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...

रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
  • २०७४ चैत्र ५, ०८: १०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०७४ चैत्र ५, ०८: १०

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...