सरकारमा प्रचण्ड समूहबाट आएका ७ र पूर्वएमालेका २ लाई मन्त्री बनाइयो, दुई मन्त्री निकालिए – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

सरकारमा प्रचण्ड समूहबाट आएका ७ र पूर्वएमालेका २ लाई मन्त्री बनाइयो, दुई मन्त्री निकालिए


नयाँ विकल्प,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी पृष्ठभूमिका ७ र पूर्व एमाले पृष्ठभूमिका २ गरी ९ जनालाई मन्त्रिपरिषद्मा ल्याएका छन् ।

केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् भने मन्त्रीपरिषद्का सदस्य दुई जनालाई निकालेका छन् । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड नेपाल समूहबाट मन्त्रिपरिषदका ७ जनाले राजीनामा दिएपछि रिक्त स्थानमा ओलीले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

पूर्वमाओवादी समूहबाट आफ्नो पक्षमा आएकाहरुलाई ओलीले मन्त्री बनाएका हुन् । विस्तारित मन्त्रिपरिषद्का नयाँ सदस्यका रूपमा टोपबहादुर रायमाझीलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मणि थापाले खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रभु शाहलाई शहरी विकासमन्त्रालयको जिम्मेवारी दिइएको छ भने प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । गणेश ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने गौरीशंकर चौधरीलाई श्रम मन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै, दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन भने जुलीकुमारी महतो महिला बालबालिका मन्त्री बनेकी छन् । विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् । प्रभु शाहले दोश्रो पटक शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् भने जुली महतो पूर्व मन्त्री रघुबीर महासेठकी श्रीमती हुन् ।

ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि कानुनमन्त्री रहेकी डा.शीवामाया तुम्बाहाम्फेलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भूमिसुधार मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सामान्य प्रशासन मन्त्री रहेका हृदय त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको छ भने स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

महिला तथा बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानुनमन्त्री बनेका छन भने शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्री बनेका छन् । मन्त्रिपरिषद्का दुई नयाँ अनुहार आले मगर र महतो एमाले पृष्ठभूमिका हुन् । दाबा लामा र मणी थापा सांसद होइनन् ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई भने ओलीले मन्त्रिपरिषदबाट हटाएका छन् ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७७ पुष १०, २१: ५९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७७ पुष १०, २१: ५९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७७ पुष १०, २१: ५९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...