भारतीय गृहमन्त्री नेपाल आउँदैं, राजदूत क्वात्रा दिल्ली गए – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

भारतीय गृहमन्त्री नेपाल आउँदैं, राजदूत क्वात्रा दिल्ली गए


नयाँ विकल्प,
काठमाडौं – नेपालमा बिकसित राजनीतिक घटनाक्रमलाईं मित्र राष्ट्र भारतले नजिकबाट हेरिरहेको अवस्थामा भारतीय गृह मन्त्री अमित साह यसैसाता नेपाल आउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरी आगमी बैशाखमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेपछि नेपालमा सत्तारुढ दल नेकपाको खिचातानी र बिबादसँगै राजनीतिक अस्थिरता र अन्यौल बढी रहेका बेला भारतीय सत्तारुढ भारतीय जनता पार्टीका पूर्वअध्यक्ष साहको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले संसद भंग गरेकै दिन नयाँ दिल्लीबाट नेपाल आएका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा शनिबार नै नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनले भारतीय सरकारका शक्तिशाली मन्त्री साहको नेपाल भ्रमणलाई आशा, शंका र महत्वका साथ हेरिएको छ ।

गत महिना मात्र भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालिसिस विङ्स (रअ) का प्रमुख सामन्त गोयल औपचारिक कार्यक्रम भने पनि अकास्मात नेपाल आएर प्रधानमन्त्री ओलीसँग लामो भेटघाटसँगै ओली सरकारसँग चिसिएको भारतीय पक्षसँगको सम्वन्ध सुधार हुँदै गरिएको अपेक्षा गरिएको छ ।

भारतीय विदेश मन्त्रालयले साहको नेपाल भ्रमण निकट भविश्यमा हुने बताए पनि नेपालको परराष्ट्र मन्त्रालयले कुनै जानकारी दिएको छैन । भारतीय गृह मन्त्री साह पूर्वनिर्धारित योजना अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको लागि पठाएको निमन्त्रणा दिन आउन लागेको बताइएको छ ।

सम्बन्धित समाचार

आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
  • २०७७ पुष ११, २०: २२

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान...

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७७ पुष ११, २०: २२

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७७ पुष ११, २०: २२

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...