काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली यही चैत्र २३ गते भारतको राजकीय भ्रमणमा जाने तय भएको छ । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा जान लागेका हुन् ।
भ्रमणको क्रममा उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँगको भेट गर्ने तय भएको र उत्तराखण्डको पनि भ्रमण गर्ने जनाइएको छ । उहाँ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री के.पी शर्मा ओलीले पहिलो विदेश यात्रा चीनको गर्ने अनुमान गरिएता पनि उनले पनि अन्य प्रमहरु जस्तै पहिलो यात्रा सच्चा राष्ट्रवादी भएको ठोकुवा गर्दै हिँड्ने र भारतले नेपालको राष्ट्रियतामाथि बेलाबखतमा हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै आएका प्रधानमन्त्री ओलिले दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि विदेश यात्राको सुरुवात भारतबाटै गर्ने भएका छन् ।
राष्ट्रवादी नेताको छबि बनाउने धुनमा ओलीले भारतलाई पटकपटक चिढाएका छन् जसका कारण भारत–ओली सम्बन्ध केही चिसिन पुगेको थियो । सरकार बन्नु अगावै विदेशमन्त्री नेपाल आएर ओलीलाई भेट गरी सम्बन्ध सुधारको संकेत दिएकी थिइन् । सोही चिसिएको सम्बन्ध सुधार गर्ने मौकाको रुपमा प्रम ओलीको पहिलो भ्रमण चीन नभई भारतको गरेको अनुमान लगाउन सकिन्छ ।
तर अहिलेको राजनैतिक परिस्थितिमा यो भ्रमणलाई व्यक्तिगत स्वार्थपूर्तिका लागि भन्दा पनि दूई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने अवसरको रुपमा लिनुपर्ने हुन्छ । नेपालका कम्युनिष्टहरु चीनसँग नजिक रहेका यथार्थबाट भारत अनविज्ञ छैन, त्यसैले कुटनैतिक सम्बन्ध सन्ुतलन र विस्तारको काम निकै विवेकपूर्ण ढंगबाट हुन जरुरी छ । तसर्थ यस भ्रमणबाट ओली आफ्नो सम्बन्ध सुधार्ने मात्र होइन देश विकासको लागि भारतको विश्वास जित्न सक्नु नै अहिलेको सन्दर्भमा उत्तम ठानिनेछ ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...