हिरासतबाट रामकुमारी झाँक्रीको ट्वीट: साथीहरू धैर्य गर्नुहोला, यो अन्तिम लडाइँ हो – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

हिरासतबाट रामकुमारी झाँक्रीको ट्वीट: साथीहरू धैर्य गर्नुहोला, यो अन्तिम लडाइँ हो


नयाँ विकल्प
काठमाडाैं-राज्यविरूद्धको कसुरमा पक्राउ परेकी नेकपाको प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले यो अन्तिम लडाइँ भएको बताएकी छन्।

प्रहरीले हिरासतमा लिएको केहीबेरपछि सामाजिक सञ्जाल ट्वीटरमा उनले सबैलाई धैर्य गर्न पनि भनेकी छन्। ‘राज्यविरूद्धको कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ।

अपराध अनुसन्धान मीनभवनमा छु। सबै साथीहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाइँ हो। आफ्नो ठाउँमा डटौं,’ उनले लेखेकी छन्।
उनलाई अपराध संहिताको राज्यविरूद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार प्रहरीले पक्राउ पुर्जी दिएर पक्राउ गरेको हो।

नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरिएको बताएका छन्। प्रहरीले पक्राउ गर्न खोजे पनि आफूहरूको जोडबलमा रोकिएको र आज जबरजस्ती उनलाई पक्राउ गरिएको प्रचण्डको भनाइ छ।

सम्बन्धित समाचार

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ माघ २९, १५: ०८

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ माघ २९, १५: ०८

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
  • २०७७ माघ २९, १५: ०८

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...