सेरेना विलियम्स अस्ट्रेलियन ओपनबाट बाहिर – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

सेरेना विलियम्स अस्ट्रेलियन ओपनबाट बाहिर

नयाँ विकल्प

एजेन्सी- अस्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फ बिहीबार सम्पन्न सेमिफाइनल खेलमा नाओमी ओसाकाले सेरेना विलियम्सलाई पराजित गरेकी छिन् ।

चौबीसौं ग्रान्डस्लामको खोजीमा रहेकी सेरेना रड लाभर एरेनामा ६–३, ६–४ को सोझो सेटमा पराजित भएकी थिइन् । अब फाइनलमा ओसाकाले अमेरिकी जेनिफर ब्राडी वा चेक गणतन्त्रकी कारोलिना मुचोभामध्ये एकसँग शनिबार खेल्नेछिन् ।

ओसाकाको यो चौथो ग्रान्डस्लाम उपाधिका लागि भिडन्त हुनेछ । चार वर्षअघि गर्भवती रहेकै बेला विलियम्सले एउटा ग्रान्डस्लाम जितेकी थिइन् । त्यसयता उनी सन् २०१८ मा युएस ओपनमा ओसाकासँगै विवादास्पद फाइनलमा पराजित भएकी थिइन् ।

जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै ओसाकाले आफूले शुरुमा केही गल्ती गरेको र आफू साँच्चिकै अत्तालिएको र डराएको बताएकि थिइन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०७७ फाल्गुन ६, १३: ३८

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०७७ फाल्गुन ६, १३: ३८

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०७७ फाल्गुन ६, १३: ३८

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...