
नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य स्थिति झन जटिल र गम्भीर बनेको छ ।
गत फागुन १३ गते मस्तिष्कघात भएपछि बीर अस्पतालमा र भोलीपल्ट बिहानदेखि नर्भिक अन्रतराष्ट्रिय अस्पतालमा उपचार गराई रहेका नेता जोशीको स्वास्थ्यमा खरावी आएको उनका सहयोगी पुष्कर पाण्डेले बताए ।
मस्तिष्घ घातपछि नर्भिकमा उपचार गराई रहेका जोशीको न्युरो रोग विशेषज्ञ डा. राजिप झा नेतृत्वको समूहले उनको मस्तिष्कमा रहेको रगत शल्यक्रिया गरी हटाएपछि भेण्टिलेटरबाट निकालिएका जोशीलाई मंगबार बिहानदेखि पुन समस्या परेको पारिवारिक श्रोतले बतायो ।
परिवारका सदस्यलाई चिकित्सकहरुले दिएको जानकारी अनुसार अस्पतालमा उपचार गराई रहेका जोशीको मस्तिष्कले काम गर्न समस्या परिरहेको भन्दै स्वास्थ्यस्थिति जटिल भएको बताएका थिए ।
जोशीको स्वास्थ्यस्थिति गम्भीर भएपछि थापाथलीस्थित नर्भिक अस्पताल परिसरमा उनको स्वास्थ्य स्थितिको विषयमा जानकारी लिन कांग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक र आफन्तको घुईँचो लागेको छ ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...