
नयाँ विकल्प,
काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार नियन्त्रणकालागि संञ्चालन गर्ने स्टिङ अपरेसनमाथि सर्वाेच्च अदालतले राेक लगाएकाे छ ।
सर्वोच्च अदालतले बुधबार स्टिङ अपरेसनबारे परेको रिटमा निवेदकले माग गरेबमोजिम आदेश गरेको हो। अधिवक्ता विष्णुप्रसाद घिमिरेले दिएको निवेदनमा अख्तियारको स्टिङ अपरेसन खारेज गर्न माग गरिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले बुधबार यस्तो आदेश गरेको हाे ।
अख्तियारले भष्टचार निवारण गर्न ‘स्टिङ अपरेसन’ आफ्नो नियमावलीका रहेकाे भएपनि यस्ता अपरेशन भने पटक पटक विवादमा परेका थिए । स्टिङ अपरेशनकाे नाममा तल्लाे तहका कर्मचारीलाइ नियन्त्रणमा लिने र ठूला कारवाहीमा नपर्ने गुनासाे पटक पटक उठेकाे थियाे ।
अख्तियारले गरेकाे स्टिङ अपरेशनमा १ हजार सहित पक्राउ परेका एक कर्मचारीले आत्महत्या गरेपछि याे विषय झनै विवादमा परेकाे थियाे । अख्तियारकाे नियमावलीको नियम ३० मा घुस/रिसवतवापत रकम उपलब्ध गराउन सक्ने प्रावधान छ।
उपनियम १ मा भनिएको छ- कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले घुस रिसवत माग गरेको भनी आयोगमा पर्न आएको उजुरी निवेदनको अनुसन्धानको सिलसिलामा आयोगले आफ्ना कर्मचारी वा उजुरवाला वा अन्य कुनै व्यक्तिमार्फत् त्यस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिलाई घुस रिसवतवापत रकम उपलब्ध गराउन सक्नेछ।
उपनियम २ मा त्यस्तो घुस/रिसवत उपलब्ध गराउने कर्मचारी वा व्यक्तिलाई कुनै किसिमको कारबाही र सजाय गरिने छैन भनिएको छ।
यो फैसलासँगै उक्त नियमावली खारेज भएको छ। विगतमा अख्तियारले पक्राउ परेका भ्रष्टचारीहरू प्रमाण नपुगेकाे भन्दै एक पछि अर्काे गरि अदालतबाट छुटने क्रम बढेपछि अख्तियारकाे काम कारवाही प्रभावहिन भएकाे भन्दै स्टिङ अपरेशनलाइ नियमावलीमै राखिएकाे थियाे ।
तर याे अपरेशन सुरू भएदेखि नै विवादकम परेकाे थियाे ।
काठमाडौं : सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्त भएका छन् । न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको...
सर्लाही : मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा आफ्ना १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने...