
नयाँ विकल्प
काठमाडौं–काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ– संस्थाहरुलाई यही बैशाख ९ गते ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेका छ ।

यी संघ–संस्थाहरु नेपालका विभिन्न जिल्लामा छरिएर रहेका छन् । ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आइरहेको छ । यी एम्बुलेन्स र स्कुल बसको हस्तान्तरण हाल सञ्चालन भइरहेको (India@75) उत्सवको एक हिस्साको रुपमा रहेको छ ।

यस्तै, सन् १९९४ यता भारतीय राजदूतावासले यो सहित हालसम्म झण्डै ८६२ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ । यो वर्ष राजदूतावासले Advance Life Support, Basic Life Support/Common Life Support गरी तीन किसिमको एम्बुलेन्स प्रदान गरेको छ ।
यी एम्बुलेन्सहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप निर्माण गरिएका छन् ।
त्यसैगरि राजदूतावासले आज प्रदान गरिएका ६ समेत गरी हालसम्म १६६ वटा स्कूल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ ।
यसैगरी, स्वास्थ्य सेवा त्यसमा पनि विशेषगरी आपतकालीन स्वास्थ्य सेवा र विद्यार्थीहरुको विद्यालयसम्मको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आइरहेको छ । भारत सरकारले थप एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...