पार्टी एउटै झण्डा फरक – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

पार्टी एउटै झण्डा फरक

नेपाल कम्युनिस्ट पार्टीको मुख्यालय धुम्बराही र जनसम्पर्क कार्यालय पेरिसडाँडा नयाँ बोर्ड राखिएका छन् । तत्कालिन नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा रहेका पूराना बोर्ड हटाएर नयाँ ब्यानर राखिएका हुन् ।

दुवै कार्यालयमा राखिएका बोर्डमा नाम एकै भएपनि चिह्न भने फरक फरक रहेका छन् । बिहीबार मात्रै नयाँ पार्टी बनाएका एमाले(माओवादीले नाम एकै लिएपनि बोर्डमा राखिएका चिह्न भने फरक फरक छन् । तत्कालिन नेकपा एमालेको मुख्यालय रहेको धुम्बराहीको कार्यालयमा चुनाव चिह्न सूर्य भएको नेपाल कम्युनिस्ट पार्टीको बोर्ड राखिएको छ भने माओवादीको मुख्यालय रहेको पेरिस डाँडामा टाँगिएको नयाँ बोर्डमा हँसिया हथौडा राखिएको छ।

धुम्बराहीको कार्यालयमा पहिले नै टाँगेको बोर्डमा रहेको एमाले शब्दलाई रातो पेन्टले छोपेको हो । त्यहाँ रहेको अंग्रेजीमा नेकपा एमाले अर्थात सिपिएन यूएमएल लेखेको स्तम्भ भने हटाइएको छैन ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ जेष्ठ ७, ०८: १०

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ जेष्ठ ७, ०८: १०

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ जेष्ठ ७, ०८: १०

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...