पार्टी एउटै झण्डा फरक – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

पार्टी एउटै झण्डा फरक

नेपाल कम्युनिस्ट पार्टीको मुख्यालय धुम्बराही र जनसम्पर्क कार्यालय पेरिसडाँडा नयाँ बोर्ड राखिएका छन् । तत्कालिन नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा रहेका पूराना बोर्ड हटाएर नयाँ ब्यानर राखिएका हुन् ।

दुवै कार्यालयमा राखिएका बोर्डमा नाम एकै भएपनि चिह्न भने फरक फरक रहेका छन् । बिहीबार मात्रै नयाँ पार्टी बनाएका एमाले(माओवादीले नाम एकै लिएपनि बोर्डमा राखिएका चिह्न भने फरक फरक छन् । तत्कालिन नेकपा एमालेको मुख्यालय रहेको धुम्बराहीको कार्यालयमा चुनाव चिह्न सूर्य भएको नेपाल कम्युनिस्ट पार्टीको बोर्ड राखिएको छ भने माओवादीको मुख्यालय रहेको पेरिस डाँडामा टाँगिएको नयाँ बोर्डमा हँसिया हथौडा राखिएको छ।

धुम्बराहीको कार्यालयमा पहिले नै टाँगेको बोर्डमा रहेको एमाले शब्दलाई रातो पेन्टले छोपेको हो । त्यहाँ रहेको अंग्रेजीमा नेकपा एमाले अर्थात सिपिएन यूएमएल लेखेको स्तम्भ भने हटाइएको छैन ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७५ जेष्ठ ७, ०८: १०

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७५ जेष्ठ ७, ०८: १०

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७५ जेष्ठ ७, ०८: १०

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...