काठमाडौं । नेपाल प्रहरीले चार सय प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले शुक्रबार प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयले सरुवा, बढुवा र अवकाशपछि रिक्त रहेका स्थानहरुमा प्रहरी निरीक्षकहरुको सरुवा भएको जनाएको छ । सरूवा भएका निरीक्षकहरुको जेठ महिनादेखिकै तलब–भक्ता सरुवा भएकै दरबन्दीबाट दिने व्यवस्था मिलाउन प्रधान कार्यालयले सम्बन्धित निकायहरुमा पत्राचार गरेको छ ।
प्रहरी प्रधान कार्यालयले गत असार ३१ गते दरखास्त आह्वान गरेको प्रहरी निरीक्षक पदको अन्तिम नतिजा पनि शुक्रबार नै प्रकाशित भएको छ । प्रहरी प्रधान कार्यालयले ९१ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको छ भने ९ जनालाई वैकल्पिकको सूचीमा राखेको छ ।
नियुक्तिका लागि सिफारिस गरिएकाहरुलाई उसले जेठ २७ गते बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालमा सहभागी हुनेसमेत सूचित गरेको छ ।
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...