सिन्डिकेट हटाउने महानिर्देशकलाई प्रलोभनमा हटाइयो – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

सिन्डिकेट हटाउने महानिर्देशकलाई प्रलोभनमा हटाइयो

काठमाडौं । यातायात सिन्डिकेट हटाउन विशेष भूमिका निभाएका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले मन्त्रालय तानेर आफ्नो सक्कली अनुहार देखाएका छन् । पछिल्लो समय भट्टराईसँग रुष्ट भएका महासेठले उनलाई मन्त्रालय तानेका हुन् ।

मन्त्री महासेठले मन्त्रालय र बिभाग मातहतका कमाई हुने कार्यालयबाट मासिक उठाउने गरेको स्रोतको दाबी छ । मन्त्री महासेठले यसअघि पनि यातायात ब्यवस्था कार्यालयका नायव सुब्बा पोषण थापालाई पनि मन्त्रालयमा तानेका स्रोतको भनाई छ । मन्त्रीको सिफारिसमा आफ्ना कार्यकर्तालाई सवारी अनुमति पत्र नबाँढेको भन्दै रिसाएका महासेठले दुई साता अघि छापामार शैलीमा विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालय तान्ने पत्र बुझाएका थिए ।

गत चैतमा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधनसहित अरू नौ वटा नयाँ कार्यविधि ल्याएर यातायात क्षेत्रको सुधारमा महानिर्देशक भट्टराई सक्रिय थिए । सुरूवातमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनलाई पूर्ण साथ दिए पनि मन्त्री महासेठ भने उनीसँग चिढिएका थिए । सिण्डकेट अन्त्यको नाममा लोकप्रिय हुन खोजेको तर आफूलाई मासिक रकम उपलब्ध नगराएको भन्दै महासेठले उनलाई हटाउने योजना बनाएका स्रोतलेब तायो ।

सिण्डिकेट हटाउने निर्णय आफूले गर्नु पर्ने तर माओवादीबाट सरकारमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादलको सल्लाहमा चलेको भन्दै महासेठ भटराईसँग रुष्ट बनाएका थिए । यातायात व्यवस्था विभागले गत चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि ल्याएसँगै यातायात व्यवसायीहरू उक्त कार्यविधि खारेज गर्ने र भट्टराईलाई हटाउने पहलका लागि मन्त्रीलाई गुहारिरहेका थिए । उनीहरुले सार्वजनिक रूपमै भट्टराईप्रति इंगित गर्दै ‘एक जनाले बनाएको कार्य विधि मान्दैनौं भनेका थिए । उनलाई हटाउन एमाले निकट यातायात ब्यवसायी महासंघका महासचिव सरोज सिटौला र केन्द्रीय सदस्य बसन्तराम भण्डारी ज्यान छोडेर लागेका थिए ।

शनिबार विराटनगरको सेवा कार्यालयबाट लाइसेन्स नविकरणको उद्घाटन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गरेका थिए । त्यतिखेर मन्त्री महासेठले आफू विभागीय मन्त्री हुँदाहुँदै लालबाबु पण्डितलाई उद्घाटन गर्न लगाएकोमा समेत रूष्ट बनेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रीको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्रीसँगै समन्वय गर्नुपर्ने, सचिवले भनेपछि महानिर्देशकलाई मन्त्रालय तानिए पनि पत्र ढिलो गएको थियो । राम्रो काम गर्ने महानिर्देशकलाई आफ्नै हातले सरुवाको चिठी नलेख्ने अडान लिएका सचिवलाई समेत महासेठले हटाउने चेतावनी दिएका मन्त्रालयका कर्मचारी बताउँछन् । सिन्डिकटले घुँडा टेकेको र अब यातायात व्यवस्थापनको महत्वपूर्ण खाका तयार गर्नुपर्नेसमयमा विभागमा महानिर्देशकलाई मन्त्रालय तान्ने तयारी गर्नुलाई शंकाको रुपमा हेरिएको छ ।

सिन्डिकेट अन्त्यका लागि संस्था दर्ता ऐन अन्तर्गत दर्ता भएका यातायात समिति आगामी आर्थिक वर्षदेखि नविकरण तथा नयाँ दर्ता नगर्ने निर्णय भइसकेको छ । यसमा मन्त्रीले व्यवसायीको प्रलोभनमा परेर महानिर्देशकलाई हटाएको विभाग र मन्त्रालयका कर्मचारीको आशंका छ । १३ महिना देखि व्यवस्था विभाग सम्हालेका महानिर्देशक भट्टराईले करिब ८० कर्मचारीलाई विभागीय कारबाही गरिसकेका छन् । .यसअघि पनि मन्त्रिपरिषद बैठकले भट्टराईको सरूवा गर्ने निणर्य गरेको थियो । तर, तत्कालिन यातायात मन्त्री विरवहादुर वलायरले उनको सरूवा रोकेका थिए ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७५ जेष्ठ १४, ०८: ५०

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७५ जेष्ठ १४, ०८: ५०

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७५ जेष्ठ १४, ०८: ५०

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...