अनियमितता सार्वजनिक भएपछि… – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

अनियमितता सार्वजनिक भएपछि…

झापा । सुशासन र आर्थिक पारदर्शिताको एजेण्डा बनाएर पाँच वर्षभित्र आर्थिक समृद्धि हासिल गर्ने अठोट लिएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडालाई समेत आप्mनै पार्टीका नेता तथा कार्यकर्ताले गुमराहमा पार्न खोजेका छन् ।

सुशासन नदिने र भ्रष्टाचार गर्ने जोकोही पार्टीका कार्यकर्ता भए पनि नछाड्ने अठोट लिएका वर्तमान प्रधानमत्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र र अर्थमन्त्री डा. यूवराज खतिवडाको गृह नगर गौरादह नगरपालिका क्षेत्रमा निर्माणाधिन साढे सात किलोमिटर सडक मापदण्ड विपरित कालोपत्रे गर्न लागेको भन्दै स्थानीयले बिरोध गरेपछि पुनः मापदण्ड पूरा गर्दै निर्माण थालिएको छ ।

प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडाको नाम भजाएर गौरादहदेखि बैगुनधुरा हुँदै कोरोबारी जाने सडक निर्माण गर्दा डिभिजन सडक कार्यालय दमक र सो सडकका ठेकेदारले मापदण्ड मिच्दै बेस ग्राभेल नै नगरी पिच गर्न लागेका थिए । तर गत साता नयाँविकल्प साप्ताहिकले सो सडक निर्माणमा सरोकारवालाको मिलेमतोमा अनियमितता गर्न लागिएको समाचार प्रकाशित भएपछि ग्राभेल बाटो पुन भत्काएर निर्माण गर्न थालिएको हो ।

एमालेका पूर्व सांसद र गौरादह नगरपालिकाका केही जनप्रतिनिधि तथा उपभोक्ता समितिका केही सदस्यको प्रभाव र दबाबमा मापदण्ड पुरा नगरी सकड निर्माण सम्पन्न गर्न ठेकेदार लागिरहेको समाचार नयाँ विकल्प डटमले प्रसारण गरेपछि सो सडकमा बिछ्याईको कमसल माटो र वालुवाको ग्राभेल भत्काएर गिटी हाल्न थालिएको हो ।

सो सडक निर्माण कार्यमा कुनै अनियमितता र लापरवाही नभएको दाबी गर्दै अनियमितता भएको प्रमाणित गर्न चेतावनी दिँदै गौरादह नगरपालिका वार्ड न १ का वार्ड अध्यक्ष नगेन्द्र भण्डारी र सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र खड्काले पत्रिकाका सम्पादकको ज्यान लिने धम्की दिएका थिए । गौरादह नगरपालिकाको डिपुचौकदेखि बैगुनधुरासम्म जोड्ने सडक निर्माणको क्रममा मापदण्ड विपरित बाटोमा ढुंगा गिटि नहाली पिच गर्न खोजिएको थियो ।

सत्ताको आडमा जे पनि गर्न सक्ने भन्दै वार्ड अध्यक्ष भण्डारी परिचय नखुलेको एकजना कानुन व्यवसायिलाई फोन गरेर फसाई दिने धम्की दिएका थिए । तर सडक निर्माणमा अनियमितता भए, नभएको के हो ? भनी अर्थमन्त्री खतिवडाले चासो दिएपछि भण्डारीले भोलीपल्टै डिभिजन सडक कार्यालय दमकबाट कर्मचारी ल्याएर सडक निर्माण कार्यमा लापरवाही गरिएको भन्दै बिरोध गर्दै त्यसको तस्वीर सामाजिक सञ्जालमा र अन्य सञ्चारमाध्यमलाई दिएर आफू बच्न खोजेका थिए ।

प्रधानमन्त्री र अर्थमन्त्रीले समेत विकास निर्माणमा अनियमितता गरे सह्यि नहुने चेतावनी दिएपछि सडक निर्माण कार्य मापदण्ड बमोजिम हुनु पर्ने भन्दै सकड निर्माणस्थलमा धाउन थालेको स्थानियहरु वताउँछन् । विकास निर्माणको कार्यमा अनियमितता गरेको गुनासो आएमा आफूलाई सहिय नुहुने भन्दै प्रधनमन्त्री ओलीले सचिवालयका कर्मचारीमार्फत सडक डिभिजन कार्यालय दमकका प्रमुखलाई निर्देशन पनि दिएका छन् । प्रधानमन्त्री ओलीको निर्देशनपछि सडक निर्माणको क्रममा ठेकेदार र कर्मचारीलाई धम्क्याएर कमसल काम गर्न प्रोत्साहित गर्ने व्यक्तिहरु भने यतिवेला पानीमाथिको ओभानो बन्ने गरेका छन् ।

पहिले विकास निर्माणमा अबरोध गरे प्रहरी लगाएर ठीक पार्ने भन्दै धम्की दिने वार्ड अध्यक्ष यतिवेला सडक निर्माणमा लापरवाही गरेको भन्दै सञ्चारकर्मीलाई वार्ड कार्यालयमा बोलाएर भाषण गर्न थालेका छन् । आफै बोक्सी आफै धामी भने झैं आफै अनियमित ढंगले सडक निर्माण गर्न उक्साउने र आफै लापरबाही गरेको भन्दै बोल्ने भण्डारीको दोहोरो भूमिकाका कारण यतिवेला ठेकेदार कम्पनी पनि आजित भएको छ । पहिले कमसल बालुवा र माटो हालेर ग्राभेल यही हो भनेर लोडर लगाएर बाटो सम्याउन उक्साउने भण्डारीले अनियमतिता भएको भन्दै पुन एक्साभेटर लगाएर सडक खन्न लगाएका छन् ।

गौरादह डिपुदेखि बैगुनधुरा हुँदै कोरोबारी जोड्ने साडे सात किलोमिटर सडक खण्डमध्ये डिपुबाट सोलमारीसम्म जाने करिव साडे दुई किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको ठेकेदार कम्पनीले ग्राभेल समेत नगरी पुरानो पिचमाथि स्थानीय कृष्णीखोलाको बालुवा हालेर पिच गर्न खोजेको थियो । सडकलाई माटोले नपुरी र गिटि वा ढुंगा समेत नहाली बालुवाले खाल्डो भरेको भरमा पिच गर्न खोजिएको तस्वीर समेत नयाँविकल्पसँग सुरक्षीत छ ।

सो सडक निर्माणको लागि सडक डिभिजन सडक कार्यालय दमकले ५करोड ७२ रुपैयाँमा नागार्जुन बिष्णु जेभीलाई ठेक्का दिएको थियो । बेस ग्राबेलमा गिट्टी नभै बालुवाको मात्र प्रयोग गरिएको पाए पछि स्थानीयले सडक बिभागका इन्जिनियर बिपिन ढुगाना र ठेकेदार सुरेन्द्र प्रधानलाई सचेत गराएका थिए । नगरपालिकाको वार्ड अध्यक्षको प्रभावमा परेर उनकै निर्देशनमा मापदण्ड विपरित सडक निर्माण गर्ने ठेकेदार कम्पनिका प्रतिनिधि सुरेन्द्र प्रधान र मापदण्ड विपरित कार्य गरे पनि ठीक छ भनेर राय सुझाव दिने इन्जिनियर विपीन ढुंगानाका कारण सो सडक निर्माणमा अन्य घोटालाका सूचनाहरु नयाँ विकल्पलाई प्राप्त भएका छन् ।

६ इन्च बेस ग्राभेल गर्दा आठ एमएम भन्दा ठूला ढुंगा सडकमा राख्न पाईँदैन । तर ठेकेदारले फेरी त्यस्ता साना ढुंगाको सट्टा ठूला ढुंगा सडकमा हालेका छन् । सडक निर्माण गर्दा स्थानीय केही शिक्षकको प्रलोभनमा परेर सडकको आकार पनि सानो बनाइएको छ भने तीन सय मिटर बनाउनु पर्ने नाला अढाई सय मिटर भन्दा बढी गरिएको छैन् ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७५ जेष्ठ १४, ०८: ५७

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७५ जेष्ठ १४, ०८: ५७

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७५ जेष्ठ १४, ०८: ५७

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...