देशको राजनीति खतरातिर गइरहेको छ : वरिष्ठ नेता नेपाल – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper

देशको राजनीति खतरातिर गइरहेको छ : वरिष्ठ नेता नेपाल

नयाँ विकल्प,

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सिङ्गो व्यवस्था प्रणाली नै खतरातिर गइरहेको संकेत गरेका छन् ।

बुधवार विपक्षी गठबन्धनले गरेको नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग गरेको अन्तरक्रियामा देशको राजनीति खतरातिर गइरहेको भन्दै अब देश जोगाउने जिम्मा सबैको काधमा आएको नेता नेपालले बताए ।
राजनीतिक परिर्वतन ल्याए पनि त्यहीअनुसारको संस्कारमा परिर्वतन हुन नसकेको नेता नेपालको भनाइ थियो ।
‘देश, लोकतन्त्र, संविधान, गणतन्त्र परिवर्तन सङ्कटको अवस्थामा छ , हाम्रो व्यवस्था नै खतरातर्फ गइरहेको छ, कतिपय अभिव्यक्ति र गतिविधि हेर्दा त्यसले राम्रो सन्देश, राम्रो सङ्केत दिइराखेको छैन,’ नेता नेपालले भने, ‘यसर्थ हाम्रो काँधमा निकै ठूलो जिम्मेवारी छ ।’

ओली प्रवृत्ति पुनरावृत्ति नहोस् भन्ने नै आफूहरुको मूल एजेण्डा भएको भन्दै भन्दै आफूले त्यस विषयमा मूल्यको राजनीति नत्याग्ने समेत उनको जिकीर थियो ।

सम्बन्धित समाचार

स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
  • २०७८ असार १६, २२: १७

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...

मानव बेचबिखनसम्बन्धी विधेयकमाथि विज्ञसँग छलफल हुँदै
मानव बेचबिखनसम्बन्धी विधेयकमाथि विज्ञसँग छलफल हुँदै
  • २०७८ असार १६, २२: १७

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने भएको...

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७८ असार १६, २२: १७

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...