
नयाँ विकल्प,
काठमाडौं- नेकपा एमाले भित्र भएको विवाद समाधान गर्न गठित कार्यदल ब्युँतिएको छ । आइतबार बेलुका अध्यक्ष केपी शर्मा ओलीसँग नेता भीम रावलले छलफल गरेसँगै १० सदस्यीय कार्यदललाई औपचारिक रुपमा ब्युँताइएको हो ।
कार्यदल ब्युँतिएसँगै यसअघि अनौपचारिक रुपमा भएका वार्तामा तयार मस्यौदालाई आधार मानेर भोलीबाटै सहमति जुटाउने प्रयास थाल्ने नेताहरुले बताएका छन् ।
कार्यदल ब्युँतिएसँगै साँझ कार्यदलको औपचारिक बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा सुरु भएको एक नेताले जानकारी दिए ।
कार्यदलमा अध्यक्ष ओली पक्षका संयोजक सुवास नेम्वाङ छन् भने माधव नेपाल पक्षका संयोजक भीम रावल छन् ।
सदस्यहरुमा ओली पक्षका विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...