जुवातास खेलिरहेको ११ जना भक्तपुरबाट पक्राउ – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

जुवातास खेलिरहेको ११ जना भक्तपुरबाट पक्राउ


नयाँ विकल्प,
काठमाडाैं- महानगरिय प्रहरी परिसर भक्तपुरले जुवातास खेलिरहेका ११ जनालाई नियन्त्रणमा लिएकाे छ ।

चाँगुनारायण नगरपालिका-२ दुवाकोट फोक्सिङटार डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका-६ घर भएका ४१ वर्षीय दिपेश भण्डारीको कोठामा तास खेलिरहेका अवस्थामा भण्डारी लगायत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

उनको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २४ हजार २ सय ४० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७८ असार २५, १३: १०

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७८ असार २५, १३: १०

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७८ असार २५, १३: १०

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...