
नयाँ विकल्प
काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् ।
शनिवार क्रियाशील सदस्य छानबिन समितिले काम गरिरहेको ठाउँमा कामको अवलोकन गर्न पुुगेका नेता पौडेलले संवाददातालाई प्रतिक्रिया दिँदै सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकाले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताए ।
पार्टीको आउँदो नेतृत्व लिने व्यक्तिका लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेको वरिष्ठ नेता पौडेलको भनाइ छ ।
समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही एक जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको उनले बताए । अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई समर्थन गर्न आफू तयार रहेको समेत बताए । ।
उनले महाधिवेशनका लागि आवश्यक आधारका रूपमा रहेको क्रियाशील सदस्यताको विवाद असार मसान्तभित्र टुङ्गिने विश्वास आफूले लिएको बताए। भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरीत हुने र पार्टीमाथि नै प्रश्न चिह्न खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...
काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...