
नयाँ विकल्प,
काठमाडौं – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमवार बिहान बाँडफाँड हुने भएको छ ।
विक्री प्रबन्धक एनएमबि क्यापिटलको नक्साल, काठमाडौंमा रहेको कार्यालयमा बिहान ९ः३० बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो ।
कम्पनीले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असार २५ गते प्रि–अलोटमेण्ट सम्पन्न गरेको थियो । कम्पनीले सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरेको हो ।
सर्वसाधारणका लागि छुट्याईएको कुल ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषमा बाँडफाँट गरेको छ ।
मागभन्दा करीब ७२ गुणा बढी आवेदन परेको कम्पनीको आईपीओ भाग्यमानी ३६ हजार ३४९ जनाले १० कित्ताका दरले हात पार्नेछन् भने बाँकी २ कित्ता यी आवेदकहरु मध्येबाट थप २ जनाले एक एक कित्ताका दरले पाउनेछन् ।
काठमाडौं : चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले दक्षिण कोरियामा आयोजित अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रममा स्थानीय विकास मोडेलबारे प्रस्तुति दिएका छन् ।...
काठमाडौं : रसुवा बाढीमा परी आज बिहानसम्म मृत्यु हुनेको संख्या ४६९ पुगेको छ । नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा १२, नुवाकोटमा...
काठमाडौं : आज जनैपूर्णिमा पर्व मनाइँदैछ। जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर...