एमालेका नेताहरु आज पहिलो पटक औपचारिक रुपमा भेट गर्दै, स्थायी कमिटी गठन(सूचीसहित) – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

एमालेका नेताहरु आज पहिलो पटक औपचारिक रुपमा भेट गर्दै, स्थायी कमिटी गठन(सूचीसहित)

नयाँ विकल्प

काठमाडौं- २०७७ पुस ५ गते भएको प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाको विभाजनसँगै टाढा भएका नेकपा एमालेका नेताहरु आज पहिलो पटक औपचारिक रुपमा भेट गर्दैछन्। कार्यदलको सहमतिसँगै आज बस्ने स्थायी कमिटी बैठकमा नेताहरुको औपचारिक भेट हुन लागेको हो। एमाले एकताका लागि गठित कार्यदलले हस्ताक्षर गरेको १० बुँदे सहमति अनुमोदनका लागि आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको छ।

२०७५ जेठ २ अघि जो जुन पदमा थिए सोही पदीय हैसियतमा बैठकमा सहभागी हुँदै गर्दा नेकपाकालीन ८ जना स्थायी कमिटी सदस्य एमालेको सोही पदीय हैसियतमा थपिने भएका छन्। यसअघि माधव पक्षबिनाको एमालेमा ती नेता स्थायी कमिटी सदस्यकै हैसियतमा क्रियाशील छन्।

एमालेबाट थपिएका चार सदस्य रघुजी पन्त, बिष्णु रिमाल, रघुवीर महासेठ र बेदुराम भुसाल स्वतः स्थायी कमिटीमा रहनेछन्। त्यस्तै पुस ५ पछि नेकपामा ओलीलाई साथ दिएका र एकता बदरपछि अध्यक्ष केपी शर्मा ओलीको साथमा उभिएका नेताहरु रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि एमालेको स्थायी कमिटी सदस्यका हैसियतमा सहभागी हुनेछन्। एमाले आजको बैठकबाटै एकताको मस्यौदा अनुमोदन गर्नेछ। २०७५ जेठ २ अघि २२ सदस्यीय रहेको एमाले स्थायी कमिटी अब ३० सदस्यीय हुने भएको छ।

यी हुन् स्थायी कमिटी सदस्य
१. अध्यक्ष केपी शर्मा ओली
२. बरिष्ठ नेताः झलनाथ खनाल
३. नेता : माधवकुमार नेपाल
४. उपाध्यक्ष : बामदेव गौतम
५. उपाध्यक्ष : भीम रावल
६. उपाध्यक्ष : युवराज ज्ञवाली
७. उपाध्यक्ष : अष्टलक्ष्मी शाक्य
८. महासचिव : इश्वर पोखरेल
९. उपमहासचिव : बिष्णु पौडेल
१०. उपमहासचिव : घनश्याम भुसाल
११.सचिव : प्रदीप ज्ञवाली
१२. पृथ्वी सुब्बा गुरुङ
१३. भीम आचार्य
१४. गोकर्ण बिष्ट
१५. योगेश भट्टराई
१६. सदस्य : शंकर पोखरेल
१७. सदस्य : सुरेन्द्र पाण्डे
१८. सदस्य : सुवास नेम्वाङ
१९. सदस्य : किरण गुरुङ
२०. सदस्य : छविलाल बिश्वकर्मा
२१. सदस्य : मुकुन्द न्यौपाने
२२. सदस्य : सत्यनारायण मण्डल

नेकपाबाट निरन्तरता
२३. सदस्य : रामबहादुर थापा, बादल
२४. सदस्य : बिष्णु रिमाल
२५. सदस्य : रघुजी पन्त
२६. सदस्य : टोपबहादुर रायमाझी
२७. सदस्य : मणि थापा
२८. सदस्य : लेखराज भट्ट
२९. सदस्य : रघुबीर महासेड
३०. सदस्य : बेदुराम भुसाल
पदेन
अमृतकुमार बोहोरा, अध्यक्ष, अनुशासन आयोग
केशव बडाल, अध्यक्ष, सल्लाहकार परिषद
डा. पुष्प कँडेल, अध्यक्ष, लेखा आयोग

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ असार २८, ०९: ०८

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ असार २८, ०९: ०८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ असार २८, ०९: ०८

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...