
नयाँ विकल्प,
काठमाडाैं- नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले सर्वाेच्च अदालतकाे आदेशले नेपालकाे संविधान थप परिपक्क बन्दै गएकाे बताएका छन् ।
भण्डारीले सर्वोच्चले गरेको प्रतिनिधिसभा पुनर्स्थापना र नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको परमादेश संवैधानिक र स्वागतयोग्य ऐतिहासिक फैसला भएकाे बताएका छन् । उनले कार्यान्वयनकाे चरणमै रहेकाे नेपालकाे संविधान अनुभव र व्यवहारबाट थप परिपक्व हुँदै गएकाे बताएका छन् ।
समाजिक सञ्जाल फेसवुकमा नेता भण्डारीले नेपालकाे संविधान र कानुनले नेताहरु पनि नियन्त्रित हुँदै जाने विश्वास ब्यक्त गरेका छन् । प्रजातन्त्रको सुन्दरता भनेकाे कानुन, विधि, प्रकृया रहेकाे बताउँदै उनले सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापन मार्फत त्यस्ताे संदेश प्रकट गरेकाे समेत जनाएका छन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको हाे ।
पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुन:स्थापित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ ।
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...
काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...