सर्वोच्च अदालतको परमादेशप्रति कांग्रेस नेताहरुको यस्तो छ तर्क र प्रक्रिया – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

सर्वोच्च अदालतको परमादेशप्रति कांग्रेस नेताहरुको यस्तो छ तर्क र प्रक्रिया

नयाँ विकल्प,


काठमाडौं— सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सोमबार संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।


सर्वोच्च अदालतले आज परमादेश जारी गरेपछि नेपाली कांग्रेसले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ । सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको सो फैसलाको स्वागत गरेका हुन् । फैसलालगत्तै सभापति देउवाले विज्ञप्ति जारी गर्दै ‘सम्मानित सर्वोच्च अदालतले नेपाली कांग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु ।’

देउवाले यसलाई कसैको व्यक्तिगत जीत हारको विषय नभई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा भएकाले उपयोग गरेर अगाडि बढ्न आग्रह समेत गरेका छन् ।


सर्वोच्च अदालतले एतिहासिक फैसला सुनाएपछि आज कांग्रेसका नेताहरुले सामाजिक सञ्जाल तथा संवाददाता मार्फत विभिन्न प्रक्रिया दिएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संविधान र व्यवस्थाको पक्षमा फैसला गरेको प्रतिक्रिया दिएका छन् । पौडेलले न्यायाधीशलाई धन्यवाद र सभापतिद देउवालाई बधाई समेत दिएका छन् ।
‘संविधान बचाउने, परिवर्तन जोगाउने जुन अभियान हामीले चलाएका थियौं,’ उनले भने, ‘त्यो सफल भएको छ, यो संविधान सुरक्षित भएको छ ।’

यस्तै कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्वोच्च अदालतले संविधान र संसदीय लोकतन्त्रको पक्षमा ऐतिहासिक एवं दूरदर्शी फैसला दिएको बताएका छन् ।

सर्वोच्चले संसद् पुनः स्थापनासहित कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेशबाट जनतामा सर्वोच्च अदालत प्रतिको विश्वास र सम्मानमा वृद्धि भएको निधिको भनाइ छ । सर्वोच्च अदालतले संविधान र संसदीय लोकतन्त्रको पक्षमा ऐतिहासिक एवं दूरदर्शी फैसला दिएको उलने सुनाए ।

यस्तै सर्वाेच्चले सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि पूर्वमहामन्त्री तथा नेता प्रकाशमान सिंहले सामाजिक सञ्जाल मार्फत सर्वसत्तावाद पराजित भएको प्रतिक्रिया दिएका छन् । ‘फैसलाले अधिनायकवादविरुद्ध नेपाली जनताको जित भएको छ ।’ नेता सिंहले भने,
सिंहले सर्वोच्चको फैसलाले विधिको शासनको जित भएको बताए ।

सर्वोच्च अदालतको परमादेशपछि प्रक्रिया दिँदै कांग्रेस नेता डा. शेखर कोइरालाले संसद पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् । लामो रस्साकस्सीपछि सर्वोच्च अदालतले आज जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको उनले सुनाए ।


प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा पुनःस्थापित गर्ने सर्वोच्च अदालतको फैसला इतिहास निर्माण गर्ने अवसर भएको बताएका छन् । कांग्रेसका लागि लागि सरकार बनाउने अवसर मात्रै नभएर इतिहास निर्माण गर्ने अवसर भएको शर्माले प्रतिक्रिया उनले दिए । फैसलाले एकसाथ महत्वपूर्ण तीनवटा सन्देश दिएको उनको भनाइ छ ।


‘कार्यपालिकाकाले संविधान र कानुनभन्दा बाहिर गएर कार्य गर्दछ भने हामीले संविधानमा नै व्यवस्था गरेको प्रबन्धबमोजिम संविधानको रक्षा गर्ने र सही व्याख्या गर्ने सवालमा हाम्रो न्यायलयले त्यो कर्म गर्न सक्दछ भन्ने सन्देश दिएको छ, संविधानले संसद्लाई जोगाउने राजनीतिक अधिकार सांसदलाई दिएको छ, त्यसको रक्षा र सुरक्षा पनि गरेको छ । ’उनले भने ।

यस्तै सर्वोच्च अदालतको एतिहासिक फैसलाले युवा नेता तथा केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले सर्वोच्च अदालतको आदेशले नेपालको संविधान थप परिपक्क बन्दै गएको बताएको धारणा राखेका छन् । समाजिक सञ्जाल फेसवुकमार्फत नेता भण्डारीले भण्डारीले कार्यान्वयनको चरणमै रहेको नेपालको संविधान अनुभव र व्यवहारबाट थप परिपक्व हुँदै गएको बताएका हुन् ।


सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै गरेको बदर एतिहासिक निर्णय आम नेपाली नागरिकको विजय भएको कांग्रेस नेताहरुले प्रतिक्रिया दिइएको छन् । यता


नेता गगनकुमार थापाले सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा बाधा र्पुयाउने मूर्खता कही कतैबाट नहोस भन्दै सचेत गराएका गराएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी कांगे्रस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै परमादेश जारी गरेसँगै थापाले यस्तो बताएका हुन् ।

‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ’, थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन । उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा र्पुयाउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भिरबाट खस्नेलाई रामराम ।’

यस्तै विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्त्वपूर्ण फैसला भएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको कोटेश्वस्थित निवासमा बसेको ५ दलीय विपक्षी गठबन्धनको बैठकले लोकतन्त्र, संविधान र संसद्को रक्षा गर्ने सवालमा अदालतको फैसला ऐतिहासिक र महत्त्वपूर्ण भएको भन्दै स्वागत गरेको हो ।

सम्बन्धित समाचार

लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
  • २०७८ असार २९, ००: ०१

काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७८ असार २९, ००: ०१

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७८ असार २९, ००: ०१

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...