प्रवक्ता शर्माद्वारा मेलम्ची र हेलम्बुका बाढी पीडितलाई नगद १० लाख र चामल वितरण – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

प्रवक्ता शर्माद्वारा मेलम्ची र हेलम्बुका बाढी पीडितलाई नगद १० लाख र चामल वितरण


नयाँ बिकल्प,

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्माले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढीपहिरो पीडितलाई नगद १० लाख रुपैयाँ र चामल वितरण गरेका छन्।

विभिन्न देशमा रहेका नेपालीहरूले संकलन गरी पठाएको नगदसहित राहत सामग्री शर्माले सिन्धुपाल्चोक पुगेर हस्तान्तरण गरेका हुन्। मेलम्ची र हेलम्बुको बाढीपहिरो प्रभावित क्षेत्रका पीडितलाई १० लाख २० हजार ८ सय ६३ रूपैयाँ नगद र दनुवार बस्तीका एक सय ९ घरका लागि एक बोराका दरले खाद्यान्न वितरण गरिएको छ।

एनआरएन पोर्चुगलका भिमसेन थापाको संयोजकत्वमा ६ लाख ४० हजार रुपैयाँ नगद नेपालीहरूबाट संकलन गरी पठाइएको र जर्मनीबाट नेन्सी मेयर ले पाठाएको सहयोग मेलम्चीको दनुवार बस्तीका १४ घरका लागि पठाएको २ लाख १० हजार ८ सय ५४ रुपैयाँ पठाएको जनाइएको छ।

सिन्धुपाल्चोकमा जन्मिएर ३० वर्षदेखि जर्मनीमा बसोबास गर्दै आएकी एक नान्सी मेयरले विगतमा पनि विपत्ति परेका सिन्धुपाल्चोकका जनतालाई सहयोग गर्दै आएकी छन्।

त्यस्तै, झापा मेचीनगरको साझा मेची अभियानको तर्फबाट संकलित ६० हजार र अष्ट्रेलियाका कन्चन खड्काले हेलम्बुमा बाढीमा बेपत्ता परिवारका लागि ५० हजार रूपैयाँ पठाएका थिए।

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव झलक नेपालबाट ५० हजार, कांग्रेस नेता इन्द्रलोचन धितालबाट १० हजार सहयोग संकलन भएको जनाइएको छ।

मेलम्चीमा नदी कटान रोक्ने अभियानका लागि स्थानीय संयन्त्रलाई ३ लाख ३५ हजार, मेलम्ची नदी पारीको दनुवार बस्तीमा बाढीले बगाएका १४ घरलाई १५ हजार ६१ रुपैयाँका दरले वितरण गर्ने गरी २ लाख १० हजार ८ सय ५४ रुपैयाँको चेक स्थानीय गाउँको राहत समितिलाई हस्तान्तरण गरिएको छ।

बाढीमा परेर बेपत्ता भएका चार जना मरू तामाङ, भीम भण्डारी, माधव भण्डारी, काले तामाङको परिवारलाई प्रति परिवार १२ हजार ५ सयका दरले नगद हस्तान्तरण गरिएको छ। पाँचपोखरीका बाढीपहिरोपीडित स्थानीय वीरमान स्याङ्बो, काजी स्याङ्बो, देवी तामाङ, खम्सुङ वाइबा र फुर्वा थिङको ५ परिवारलाई प्रतिपरिवार २० हजारका दरले नगद हस्तान्तरण गरिएको छ।

राहत हस्तान्तरण गर्न कांग्रेस प्रवक्ता शर्मा, प्रेमध्वज लामा, डिल्ली भण्डारी, दिनेश थापा मगर, झलक नेपाल, दिब्यराज पोख्रेल, महेश खनाल, ध्रुव लुइँटेल, राजु काफ्ले, महेन्द्र बस्नेतलगायत पुगेका थिए।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७८ असार २९, १४: ५२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७८ असार २९, १४: ५२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार २९, १४: ५२

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...