सेनाका सिपाहीले गरे गोली हानी आत्महत्या – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

सेनाका सिपाहीले गरे गोली हानी आत्महत्या

नयाँ विकल्प

महोत्तरी- महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यरेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५ घर भएका सोमबहादुर तामाङका छोरा २३ वर्षीय सिपाही अम्बिर तामाङले आज बिहान करिब ६ः०० बजे आफैँलाई गोली हानी आत्महत्या गरेका हुन्।

रणभीम गण प्रकौली (ख) गुल्म दरबन्दी रही सोही ब्यारेकको अतिथिगृहसँगै रहेको कोतमा आज बिहान ३ः०० देखि ६ः०० बजेको ड्युटी बसिरहेका कम्प्युटर कोड नं २८८८६१ भएका सिपाही अम्बिरले सँगै ड्युटी बसेका अर्का एक सिपाही करिब ५ः०० आफ्नो ड्युटी सकेर हतियार बुझाउन गएपछि आफू एक्लै भएको अवस्थामा करिब बिहान सवा ५ बजेतिर आफैँले बोकेको ५.५ मिनी इन्सास हतियारबाट आफ्नै बाँया कन्चटमा गोली हानी आत्महत्या गरेका हुन्।

सिपाही तामाङले के–कति कारणले आफैँलाई गोली हाने भन्नेबारे अहिलेसम्म केही खुलेको छैन। उनको मृत शरीर सोही स्थानमा सुरक्षित राखी थप अनुसन्धान तथा सर्जमिन मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगएको जनाइएको छ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ असार ३०, ०९: ३६

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ असार ३०, ०९: ३६

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ असार ३०, ०९: ३६

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...