ओलीले आज बालुवाटार निवास छोड्दै, एमाले कार्यकर्ताले स्कर्टिङ गरेर बालकोटसम्म पुर्‍याउने – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

ओलीले आज बालुवाटार निवास छोड्दै, एमाले कार्यकर्ताले स्कर्टिङ गरेर बालकोटसम्म पुर्‍याउने


नयाँ विकल्प

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटार छोड्दै छन्। ओलीले आज बिहान ११ बजेपछि बालुवाटारस्थित सरकारी निवास छोड्न लागेका हुन्। उनी आफ्नो निजी निवास बालकोट जान्दै छन्।

महेश बस्नेतको नेतृत्वमा एमाले कार्यकर्ताहरुले ओलीलाई स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोटसम्म पुर्‍याउने बताइएको छ। त्यसका लागि बालुवाटारमा भेला हुन बस्नेतले एमाले युवा कार्यकर्ताहरुलाई आह्वान समेत गरेका छन्।

असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओली पदमुक्त भएका हुन्।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार ३०, १०: २१

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ असार ३०, १०: २१

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ असार ३०, १०: २१

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...