एआईजीपी सरुवा रोक्न निर्देशन नदिएको गृहमन्त्री खाँडद्धारा प्रष्टोक्ती – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

एआईजीपी सरुवा रोक्न निर्देशन नदिएको गृहमन्त्री खाँडद्धारा प्रष्टोक्ती

नयाँ विकल्प,

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँडले प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी)सरुवा कार्यान्वयन नगर्नका लागि आफूले निर्देशन नदिएको प्रष्ट पारेका छन् ।

विभिन्न सञ्चारमाध्यममा प्रधान कार्यालयलाई बुधबार निर्देशन दिएको समाचार सार्वजनिक भएकाले गृहमन्त्री खाँडले त्यसको खण्डन गरेका हुन् ।

सरुवा भएको ५ दिन नबित्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदको निर्णय रोक्नका लागि गृह मन्त्रालयले निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो।

मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएका थिए भने गृहमन्त्रीमा बालकृष्ण खाँड नियुक्त भएका थिए ।

केही दिनअघि मात्र बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)बाट सहकुलबहादुर थापालाई दरबन्दी सृजना गरेर एआईजीपीमा बढुवा गरेसँगै मानवश्रोत तथा प्रशासन महाशाखामा पदस्थापन गरेको थियो ।

यस्तै निरजबहादुर शाहीलाई मानश्रोत तथा प्रशासन विभागबाट अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्रद्युम्न कार्कीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो ।

कार्य तथा अनुसन्धान विभागबाट विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको थियो ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ असार ३०, २२: १३

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ असार ३०, २२: १३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ असार ३०, २२: १३

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...